खेलकुद महासंघ काभ्रेको जिल्ला भेला सम्पन्न, कुन स्थानीय तहमा को-को तोक्यो संयोजक र सचिव ?

maiya

खोटाङ,३१ साउन । एमाले निकट नेपाल खेलकुद महासंघ काभ्रेमा जिल्ला भेला सम्पन्न भएको छ । शनिबार भेला नेकपा एमालेका केन्द्रीय सदस्य एवं संसद गोकुलप्रसाद बास्कोटाको प्रमुख अतिथिमा सम्पन्न भएको हो । एमाले काभ्रेले नेपाल खेलकुद महासंघको जिल्ला कमिटीलाई पूणर्ता दिएको छ ।

काभ्रेको बनेपामा पार्टी ईन्चार्ज गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको भेलाले नवराज मानन्धर अध्यक्ष रहेको ९९ जनाको जिल्ला कमिटी गठन गरेको जनाइएको छ ।

कुन स्थानिय तहमा को-को तोक्यो संयोजक र सचिव ?

नेपाल खेलकुद महासंघ काभ्रेले ९९ जनाको जिल्ला कमिटी बनाएको छ । जिल्ला भेलाले काभ्रेमा रहेको १३ वटा स्थानीय तहबाट संयोजक र सचिव चयन गरेको हो । बनेपा नगरपालिकाबाट बिक्रम प्रजापति संयोजक, अनिष मानन्धर सचिव, पनौती नगरपालिकबाट रुपकराज ताम्राकार संयोजक, बिजेश लामा सचिब, धुलिखेल नगरपालिकाबाट ओम गोपाल जनेजु संयोजक, कृष्णथापा मगर सचिव, नमोबुद्द नगरपालिकाबाट प्रदिप भण्डारी संयोजक, अनिश सत्याल सचिव, मण्डन देउपुर नगरपालिकाबाट सुमन श्रेष्ठ संयोजक, लक्ष्मण तामाङ सचिब, पाँचखाल नगरपालिका बाट सुनिल बजगाई संयोजक, कुमार श्रेष्ठ सचिव, चौरी देउराली गाउँपालिकाबाट सागर गौतम संयोजक, जीवन चौलागाईं सचिव, महाभारत गाउँपालिकाबाट रबिन्द्र दुलाल संयोजक, सुधन मोक्तान सचिव, खानीखोला गाउँपालिकाबाट संयोजक उमेश राणा, सचिव योगेश तिमल्सिना, रोशी गाउँपालिकाबाट बिनोद कुमार तामाङ संयोजक, आशिष लामा सचिब त्यसैगरि भुम्लु गाउँपालिकाको बाकी रहेको छ,भने तेमाल गाउँपालिकाबाट सन्जय मैनाली संयोजक र नेत्रबहादुर तामाङ सचिव जिल्ला भेलाले चयन गरेको हो ।

यी नेताहरु थियो भेलामा ?


खेलमा राजनीति हुँदै आएको र आगामी दिनमा खेलमा राजनिति नगर्न नेपाल खेलकुद महासंघ काभ्रेका अध्यक्ष नवराज मानन्धरले हलेसी खबरलाई बताउनुभयो । सितोरियो कराँतेका प्रशिक्षक मानन्धर नेपालमै चर्चित कराँतेका खेलाडी हुन् । कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जू, युवा संघ काभ्रेका अध्यक्ष बिक्रम चौलागाई, नेपाल सितोरियो कराँते काभ्रेका अध्यक्ष प्रताव वैद्य, पूणर् पाण्डे लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता राम हरि सुबेदी, पनौती नगरपालिका को मेयर भिम न्यौपाने, नेकपा एमाले काभ्रेका सचिवालय एबम युवा नेता कन्चन अधिकार ,सचिवालय सदस्य एवं युवा समाजसेवी मुक्ति बिष्ट, जिल्ला कमिटी सचिवालय सदस्य कुमार तिमल्सिना, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय नेता अमित लामा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष राकेश लामा, अनेरास्ववियुका केन्द्रिय सदस्य एबम पार्टी जिल्ला कमिटी सदस्य जेनिस लामा, युवा नेता तथा समाजसेवी रत्न कुश रंजित लगायतका नेताहरुको उपस्थित रहेको थियो । निरोज खड्काले स्वागत मन्तव्य र सागर रायमाझीले संचालन गरेको कार्यक्रममा तीन दर्जन अतिथीको सहभागिता थियो भने सयौ खेलप्रेमी उपस्थित हुनुहुन्थ्यो ।

खेलकुद भेलामा के भने गोकुल बास्कोटाले ?


बाँस्कोटाले नेपाललाई खेलकुद जगतमा अगाडि लैजान केपी ओलीको सरकारले नेतृत्व र संरक्षण गर्दै आएको बताउनु भयो । नेपालमा खेलिदै आएको पुराना खेलहरु लोपहुदै गएको र खेल जगतले व्यक्ति मात्र नभई देशलाई चिनाउदै आएको बाँस्कोटाले बताउनु भयो । हाम्रो देशका पुराना खेलहरु लोपहुन नदिन खेलकुद महासंघलाई सक्रिय रुपमा लाग्न समेत आग्रह गर्नुभयो ।

बाँस्कोटाले खेलमा सधै राजनिति हुदै आएको र अबका दिनहरुमा कुनै पनी पार्टिले खेल जगतमा हस्तक्षेप नर्गन अनुरोध गर्नु भएको छ । केपी ओलीको सरकारले खेलकुद, पर्यटन, पूर्वाधार, राष्ट्रिय स्वाधिनता, स्वास्थ्य क्षेत्र तथा प्रकृतिक चिकित्सा क्षेत्रहरुमा संरक्षण गर्दै आएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद बाँस्कोटाले बताउनुभयो ।

बाँस्कोटाले अहिले बनेको कम्फटेबल सरकारलाई कोरोना भाइरसको खोप वितरण तथा आफ्नो सरकारले ल्याएका बजेटहरुमा राजनिति नर्गन समेत बताउनु भएको छ। माधव नेपाल र प्रचण्डको शुसासन नहुदा आज उहाँहरुले दुःख पाउनु भएको छ । उहाँले आगामी चुनावमा एमालेले बहुमत ल्याउने ठोकुवा गर्नुभयो ।

तपाईको प्रतिक्रिया