भूकम्प अपडेटः खोटाङको खार्मी केन्द्र बिन्दु

maiya

खोटाङ,८ साउन । खोटाङमा साँझ भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको पछिल्लो अपडेट अनुसार खार्मी केन्द्रबिन्दु भएर ४दशमलव २ रेक्टरस्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पको धक्काले खोटाङमा केहि पनि क्षती नगरेको बताइएको छ ।

तर,आज विहानै भक्तपुरको सल्लघारी केन्द्र बिन्दु भएर ३ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया