प्रदेश १ मा ८४७ जनामा कोरोना पुष्टि, थप ८ जना संक्रमितको मृत्यु

maiya

विराटनगर,८ साउन । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८३ जना र १ हजार ३ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा १ सय ८७, मोरङमा १ सय ४७, सुनसरीमा १ सय ३, धनकुटामा १९, इलाममा ९, उदयपुरमा ४, संखुवासभामा २ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

झापाको दमकमा ३८, विर्तामोडमा ३७, भद्रपुरमा २३, कनकाईमा १८, मेचीनगरमा १६, शिवसताक्षीमा १५, अर्जुनधारामा १४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ४, हल्दिबारी र गौरादहमा ३-३, कचनकवल र बार्‍हदशीमा २-२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनामा कोरोना पुष्टि भएको जनाईएको छ ।

मोरङको विराटनगरमा ६२, बेलबारीमा ४६, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, बुढीगंगामा ६, कटहरीमा ४, कानेपोखरीमा ३, पथरीशनिश्चरे र केराबारीमा २-२, रंगेली, सुनबर्षी, ग्रामथान र धनपालथानमा १-१, सुनसरीको धरानमा ७३, इटहरीमा १७, बराहक्षेत्रमा ५, रामधुनीमा २, गढी, देवानगञ्ज र बर्जुमा १ र स्थानीय तह नखुलेका ३ जनामा कोरोना पुष्टि भएको हो ।

धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिबासमा ४, छथरमा ३, चौवीसेमा २, शहिदभूमीमा १, इलामको इलाम नगरपालिकामा ३, सूर्योदय र माईमा २-२, रोङ र चुलाचुलीमा १-१, उदयपुरको चौदण्डीगढी र बेलकामा २-२, संखुवासभाको धर्मदेवी र पाचखपनमा १-१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया