मुस्लिमको इद : बुधबार सार्वजनिक बिदा

maiya

काठमान्डौं,५ साउन । नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको हो ।

सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको छ । बैठकले आगामी असोज १ गतेसम्म बाढीपहिरोबाट अत्याधिक क्षति व्यहोरिएका दुई जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको हो ।

विपद् जोखिम न्यूनीकरण ऐन अनुसार उक्त निणर्य गरिएको सरकारका प्रवक्ता समेत रहेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले खोप दाता राष्ट्रहरूलाई धन्यवाद दिँदै खोप उत्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने पनि निणर्य गरेको छ ।

तपाईको प्रतिक्रिया