राष्ट्रिय परिक्षा बोर्ड : कक्षा १२ को परिक्षा साउन ३१ गतेबाट

maiya

काठमान्डौं,५ साउन । कोरोना भाइरस (कोभिड-१९) को कारण बन्द गरिएको कक्षा १२ को परिक्षा साउन ३१ गतेबाट सञ्चालन गर्ने निणर्य भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । । मंगलबार बोर्डले रोकिएको परिक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म गर्ने गरी परिक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार परीक्षा केन्द्र होम सेन्टर अर्थात् विद्यार्थीले पढेकै विद्यालयमा तोकिएको छ । गत वर्ष पनि १२ कक्षाको परीक्षा कोरोना महामारीकै कारण रोकिएको थियो । पछि पूणर्ाङ्क घटाएर परीक्षा लिइएको थियो ।

यस वर्ष भने अघिल्लो वर्षझैँ विषयअनुसार पूणर्ाङ्क घटाएर शतप्रतिशत पूणर्ाङ्कमा परीक्षा लिइने बोर्डले जनाएको छ । कक्षा १२ को परिक्षामा करिव ४ लाख परीक्षार्थी सहभागी हुने छन् ।

तपाईको प्रतिक्रिया