माधव नेपालसहित २२ सांसदलाई कारबाहीको निर्णय भएन

maiya

काठमान्डौ,५ साउन । मंगलबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदहरुलाई कारबाहीबारे कुनै निणर्य नभएको श्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुलाई यसअघि पार्टीले २४ घण्टे स्पष्टीकरण सोधे पनि पार्टीबाट निष्कासन गर्ने कि नगर्ने भन्ने विषयमा कुनै छलफल नभएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएन । नेता ज्ञवालीका अनुसार स्पष्टीकरण सोधेको २४ घण्टा पूरा भइनसकेकोले आज त्यसबारे कुनै निणर्य भएन । समयअवधि पुगेपछि त्यसबारे निणर्य गरिने छ ।

उता, वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले आफूलाई पार्टीले सोधेको स्पष्टीकरण पत्र नै नपाएको बताइरहेका छन् । साथै, पत्र नै नपाई २४ घण्टे स्पष्टीकरण सोधिएको भन्नु हास्यसपद विषय भएको उहाँहरुको भनाइ छ ।

केन्द्रीय कमिटीको बैठक बुधबार( भोलि) दिउँसो ३ बजे पुन ः बस्ने गरी स्थगित गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया