प्रतिष्ठानबाट प्राप्त स्वास्थ्य सामाग्री जिल्लाका पत्रकारलाई

maiya

हलेसी खबर

खोटाङ,४ असार । खोटाङका नेर्पामा रहेका स्वर्गीय पर्शुराम राई स्मृति प्रतिष्ठानले पत्रकारका लागि भनेर प्रदान गरेको स्वास्थ्य सामाग्री जिल्लाका क्रियाशिल पत्रकारहरुलाई वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले प्रतिष्ठानबाट प्राप्त सामाग्रीहरु सोमबार वितरण गरेको हो ।

कोरोना भाइरस कोभिड -१९ को जोखिम तिव्र रुपमा बढ्दै गएपछि अग्रपङ्तीमा रहेर समाचार सङ्कलन गर्ने पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सामाग्री वितरण गएिको महासंघका अध्यक्ष दिलिप खत्रीले जानकारी दिए । दिक्तेल बजारस्थित महासंघको सम्पर्क कार्यालय भवनगैरामा एक कार्यक्रमको आयोजना गरि जिल्लामा रहेका पत्रकारलाई सर्जिकल माक्स, अक्सिमिटर, फेसशिल्ड र स्यानिटाईजर वितरण गरिएका छन् ।

खोटाङ जिल्लाको नेर्पामा जन्मिएका पुराना राजनीतिज्ञ स्वर्गीय पर्शुराम राईको नाममा गठन गरिएको प्रतिष्ठानले पत्रकारहरुका लागि उपलब्ध गराएको सर्जिकल मास्क ३ हजार थान, फेसशिल्ड ५० थान, अक्सिमिटर ३ वटा र ११ वटा पकेट स्यानिटाइजर आइतबार उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया