बिदाको दुरुपयोग गरि चलाईएको मोटर साईकल नियन्त्रणमा

maiya

साउन, सार्वजनिक बिदाको दिन बिना पास सरकारी सवारी साधन चलाएको भन्दै जिल्लाका विभिन्न सरकारी कार्यालयका मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सार्वजनिक विदाका दिन बिना पास सवारी चलाउँदै गरेको अवस्थामा चार वटा मोटरसाइकल नियन्त्रणमा लिइएकोे हो ।

शनिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयको स्वास्थ्य शाखाको को २ ब ९९७ नम्बरको मोटरसाइकल, लोकसेवा आयोग शाखा कार्यालयको प्र.३-२-१ ब १५३० नम्बरको मोटरसाइकल, शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको बा.२ ब.७९७० नम्बरको मोटरसाइकल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर- २ को वडा कार्यालयको बा २ ब ८१९३ नम्बरको मोटरसाइकल जथाभावी रुपमा बिना पास चलाएको आधारमा नियन्त्रणमा लिइएको हो ।
सार्वजनिक बिदाका दिन सवारीसाधनको ब्यापक दुरुपयोग बढेको गुनासोको आधारमा प्रहरीले कडाई गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया