हलेसी मन्दिरमा १४ लाख बढि भेटी सङ्कलन

maiya

हलेसी खबर खोटाङ,३१ असार । खोटाङको विश्व प्रसिद्ध त्रीधार्मिकस्थल हलेसी मन्दिरमा १४ लाख भन्दा बढि भेटी सङ्कलन भएको छ । मन्दिरमा गत चैत २४ गते देखि बैशाख १५ गते सम्म १४ लाख ३७ हजार ८ सय ७६ रुपैयाँ भेटी सङ्कलन भएको हो ।

हलेसी मन्दिरको शिव पार्वती थानबाट ९ लाख ८४ हजार छ सय चालिस, मन्दिर प्राङ्गणमा रहेको दानपेटीबाट ८४ हजार ४ सय चालिस,बसाह गुफाबाट ३८ हजार ४ सय ८० रुपैयाँ,गणेस मन्दिर दान पेटीबाट ४९ हजार एक सय,रुद्रीपुराण तथा अन्य सहयोगबाट २ लाख चौध हजार एक सय सोह्र,ढ्याके पैसा वापत १२ हजार छ सय र हालसम्म मन्दिरमा रहेका फलामको स-साना टुक्राहरु साथै संरचना निर्माणका क्रममा निस्एिका पुन प्रयोगमा नआउने फलामका टुक्राहरु कवाडी सामानको रुपमा विक्री गरे वापत ५० हजार पाँच सय गरि जम्मा १४ लाख ३७ हजार ८ सय ७६ रुपैयाँ भेटी सङ्कलन भएको हलेसी केन्द्रका सूचना प्रमुख सयन्द्र राईले बताउनुभयो ।

हलेसी सूचना केन्द्रले मन्दिरमा विभिन्न शिर्षकमा खर्च भएको रकम पनि उल्लेख गरेको छ ।

कुन-कुन शिर्षकमा भयो खर्च ?

भेटी गणणा ,अतिथी ,खाजा,बिजुलि,पानी लगायत विभिन्न शिर्षकमा २ लाख २५ हजार छयालिस रुपैयाँ खर्च भएको हलेसी सूचना केन्द्रले जारी गरेको पत्रमा रकम उल्लेख गरेको छ । यस्तै,बाँकी रहेको रकम १२ लाख १२ हजार ८ सय तीस रुपैयाँ माछापुछ्रे वैङ्क हलेसी शाखामा रहेको हलेसी महादेव व्यावस्थापनको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
यस्तै,मन्दिमा भारु ४ हजार ३ सय तीस,चादीँ २ सय ५५ ग्राम र सुन ३.३ ग्राम भएको समेत केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया