भुजेल समुदायको भाषा संस्कार-संस्कृती (पुजारामे) प्रशिक्षण सम्पन्न

maiya

हलेसी खबर सम्वाददाता

खोटाङ,२५ असार । खोटाङको साकेलामा भुजेल भाषा संस्कार-संकृति (पुजारामे) को चारदिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । कोरोना कहरका विचमा जनस्वास्थ्यको मापदण्ड अपनाई भुजेल भाषा संस्कार-संकृति पहिचान गरी जिल्लामा भुजेल भाष संस्कार-संस्कृतिलाई जिल्ला भित्तत्र्याउने उद्देश्यकासाथ (पुजारामे)को प्रशिक्षण कार्यक्रम सञ्चलन गरेको हो ।

भुजेल समाज सेवा खोटाङको सहजिकरण, भुजेल समाज सेवा साकेला गाउँपालिकाको आयोजना र साकेला गाउँपालिका खोटाङको आर्थिक सहयोगमा उक्त समुदायको पुजारामे प्रशिक्षण कार्यक्रम गरिएको भुजेल समाज सेवा साकेला गाउँपालिका संस्कार- संस्कृति संरक्षण संयोजक प्रजा कुमार भुजेलले हलेसी खबरलाई जानकारी दिनुभयो । प्रजा कुमार भुजेलले भन्नुभयो,“खोटाङ जिल्लामा भुजेल बन्धुहरू धेरै हुनुहुन्छ,तर भुजेल भाषा,संस्कार-संस्कृति छ भन्ने भुजेललाई नै थाहा छैन,त्यसैले पनि हामीले आफ्नो भाषा संस्कार सस्कृती पहिचान गरि जिल्लामा भुजेल सस्कार भित्र्याउनको लागि र अन्य गैर भुजेललाई आफ्नो संस्कार-संस्कृति देखाउनको लागि यस कार्यक्रमको आयोजना गरेका हौँ,।”

चार दिने प्रशिक्षण कार्याक्रममा भुजेलहरुको जन्म संस्कार,विवाहमा सस्कार,मृत्यु संस्कार लागायतका जन्म देखी मृत्युसम्मका संस्कारहरूको विषयमा प्रशिक्षण दिइएको जनाइएको छ ।दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका,साकेला गाउँपालिका र तेह्रथुम जिल्लाका गरि ७ जना परिक्षार्थी सहभागी भई उनिहरुले प्रशिक्षण लिएका संस्कार-संस्कृति संरक्षण संयोजक भुजेलले बताउनुभयो । भुजेल भाषा संस्कार-संस्कृति नेपालका हरेक भुजेलहरुको घर घरमा पुर्‍याउनु पर्ने प्रशिक्षक तथा भुजेल संस्कार-संस्कृति संरक्षकका केन्द्रिय सदस्य सुनसरी निवासी वालकुमार भुजेलले बताउनुभयो ।

केन्द्रिय सदस्य भुजेलले भन्नुभयो,“नेपालको पश्चिमी जिल्लाहरूमा भाषा संस्कार-संस्कृतको जोगी रहेको छ, तर पूर्वमा भुजेल भाषा संस्कार संस्कृति छ भन्ने कुरा भुजेलहरुमा थाहा नहुदाँ आफूलाई दुख लागेको छ,उहाँले भन्नुभयो,“अबकादिनहरुमा खोटाङका भुजेल समुदायलाई पनि आफ्नो संस्कृति बारे प्रत्येक मानिसललाई थाहा हुने कुरा स्पष्ट पार्नुभयो ।” प्रशिक्षार्थी प्रकाश कुमार भुजेलले भन्नुभयो,“भुजेल भाषा र संस्कृति खोज र अनुसन्धान गर्न आफू पनि लागी परिरहेको थिए । तर,आफ्नै ठाउँमा पुजारामेको प्रशिक्षण लिन पाउँदा म गम्मावभित भएको छु । तर आफ्ुले प्रशिक्षणबाट सिकेको कुरालाई व्याबाहरमा पनि लागू गर्ने छु ।”

भुजेल भाषा संस्कार-संस्कृति आफ्नै भएकाले यसको खोज तथा अनुसन्धानमा गर्न भुजेलहरु आफँै सकृय भएर लाग्नु पर्ने साकेला गाउँपालिकाका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । हाम्रो देश बहुभाषा बहुसांस्कृतिक भएको देश हो । त्यसैले सबैले आ-आफ्नै संस्कार संस्कृति संरक्षण गर्नु पर्ने उहाँको भनाई छ । यसको लागि साकेला गाउँपालिकाले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने प्रमुख खड्काले बताउनुभयो । जातीय भाषा संस्कारलाई संरक्षण र प्रर्वद्धनमा साकेला गाउँपालिकाले चासो देखाएको भन्दै गाउँपालिकाको यो चासोलाई उच्च सम्मान गर्नु पर्ने भुजेल समाज सेवा साकेला गाउँपालिका अध्यक्ष कुमार सिंह भुजेलले बताउनुभयो । भुजेल भाषा संस्कार जिल्लामा भित्र्याउनको लागि धेरै समस्या आइपरेको भुजेल समाज सेवा खोटाङका सचिवालय सचिव उमेश भुजेलले बताउनुभयो । कुनै पनि जातीको संस्कार-संस्कृति भित्र्याउन जाति आफैं स्वयम्ले एक तृत हुने पर्ने भएयता पनि त्यो नरहेको उहाँको भनाई छ । भुजेलले भन्नुभयो,“ जिल्लामा स्थानीय तहका जनप्रतिनिधि देखी ठूला-ठूला संस्थाका पद सम्हालेर बसेका र धेरै पढे लेखेका भुजेलहरु भएयता पनि आफ्नो जातीयतालाई एकता तथा आफ्नो संस्कार-संस्कृतिलाई अंकलन गर्न नसक्नु दुख लागेको बताउनुभयो ।

जिल्लामा हालसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका -६नेर्पा र रावाबँेसी गाउँपालिकाको -ं ६ हौंचुरमा मृत्यु संस्कार लागु भइसकेको छ ।

तपाईको प्रतिक्रिया