जन्तेढुंगा गाउँपालिकाले ल्यायो लोकप्रिय बजेट, शिक्षालाई प्राथमिकता

maiya

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले शिक्षा, कृषि र रोजगारलाई प्राथमिकता दिदै लोकप्रिय बजेट ल्याएको छ । बीहिबार गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले ३९ करोड ९९ लाख ९३ हजार २७० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको छ । जन्तेढुंगा गाउँपालिकाले संघीय सरकारबाट प्राप्त ३७ करोड ६५ लाख १३ हजार, प्रदेश सरकारबाट २ करोड १४ लाख ८० हजार २७० र आन्तरिक श्रोतको २० लाखबाट आगामी आर्थिक वर्षका लागि बजेट तयार पारेको हो ।

बुधबार उद्घाटन गरिएको गाउँसभाले सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान बाहेकबाट चालु खर्चतर्फ ६ करोड ४९ लाख ३२ हजार ४७० विनियोजन गरेपछि बाँकी गरेको बजेटबाट योजना तथा कार्यक्रमका लागि रकम विनियोजन गरेको हो । गाउँसभाले गाउँपालिका स्तरिय योजनाका लागि ६ करोड ५ लाख ९८ हजार (६९ प्रतिशत) र वडाका लागि २ करोड ७० लाख विनियोजन गरेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले बताउनु भयो ।

जन्तेढुंगाले पुर्वाधार बिकासतर्फ १ करोड ९७ लाख २ हजार, विद्युत विस्तारतर्फ २२ लाख, शिक्षातर्फ ३१ लदाख ५० हजार, कृषि तथा पशुतर्फ ५४ लाख ५० हजार, न्यायिक समिततर्फ २ लाख, उपाध्यक्षसँग महिला कार्यक्रमतर्फ २२ लाख, विपद व्यवस्थापनका लागि १६ लाख लगायतका बजेट विनियोजन गरेको छ ।

 

तपाईको प्रतिक्रिया