सामाजिक बिकास मन्त्रीराईले नगर स्वास्थ्य दिक्तेललाई पठाउनु भएको करोड बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

maiya

खोटाङ । प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि करोड बढि मुल्य पर्ने स्वास्थ्य सामग्रीहरु उपलव्ध गराउनु भएको छ ।

सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरबाट नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, डिजिटल थर्मोमिटर, एन्टीजेन किट, गाउन सेट, मास्क, सेनीटाइजर लगायत करो बढी मुल्य पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो ।

सामाजिक विकास मन्त्री राईले नगरपालिकालाई ४० लिटरको २० पिस अक्सिजन सिलिण्डर, १० लिटरको ५ पिस अक्सिजन कन्सन्ट्रेटर, ५ लिटरको ५ पिस अक्सिजन कन्सन्ट्रेटर, १०० पिस डिजिटल थर्मोमिटर, २० पिस पल्स अक्सिमिटर, ४८० पिस गाउन सेट, १० हजार पिस कोभिड–१९ मास्क, ३ हजार २४० पिस एन ९५ मास्क, १ हजार सेट एन्टीजेन किट, २५ लिटर ह्याण्डसेनीटाइजर, १० एमएलको ७२० पाउच बायोक्लोर डिसइन्फेक्टेन्ट, ५ पिस निवुलाइजर मेसिन, १ हजार ५ सय पिस फेससिल्ड र १२ जोडी गम बुट उपलव्ध भएको हो ।

प्रदेश सरकारबाट प्राप्त भएको स्वास्थ्य सामग्री शनिबार नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाललाई हस्तान्तरण गर्नु भएको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उपप्रमुख बिणादेबी राई, एमाले नेता कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया