खोटाङको खोटेहाङ गाउँपालिकाले कृषकहरुलाई ७५ प्रशित अनुदानमा हाते ट्याक्टर प्रदान

maiya

 

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले किसान तथा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कृषि तथा पशु कार्यक्रम अन्तरगतको बजेटबाट ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले कृषक समुहलाई ११ वटा हाते ट्याक्टर प्रदान गरेको हो ।

कृषि पेशालाई यन्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उदेश्यले खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित हरियाली कृषक समुह, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित बगैंचा बहुउद्धेश्यीय कृषक समुह, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित खतिवडा बहुउद्धेश्यीय कृषि फर्म, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित शुभलक्ष्मी कृषक समुह, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित बंछाल कृषक समुह, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित बर्रे प्रगतीशिल कृषक समुह, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित दशमी कृषक समुह र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित गोदावरी कृषक समुहलाई एक/एक थान हाते ट्याक्टर गाँउपालिकाले प्रदान गरिएको हो ।

त्यस्तै गरि खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित पदमबहादुर न्यौपाने सहित पाँच कृषकको समुह, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित प्रल्हाद अधिकारी सहितको पाँच जनाको समुह र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित उमेश भट्टराई सहित पाँच जनाको समुहलाई एक/एक थान हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक ममिता खवासले बताउनुभयो ।

हाते ट्याक्टर गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई लगायतले किसानलाई हस्तान्तरण गरेका थिए ।
किसानलाई जमिन जोत्ने हाते ट्याक्टर वितरणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष ७ लाख रकम विनियोजन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया