सामाजिक बिकास मन्त्री राईको सफलता, ब्याण्ड भर्सेज ब्राण्डकोे नीतिगत बाटो खुल्यो

maiya

बिराटनगर ।  प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राईले उठाउनु भएको घरेलु मदिरा लोकल कोदोको तिनपाने रक्सीको उत्पादनको ऐन बनाउनका लागि नितिगत बाटो खुलेको छ ।

प्रदेश नं.१ को आ.व.२०७८÷७९ को निति तथा कार्यक्रम सार्बजनिक गर्ने क्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशका मौलिक संस्कृति तथा परम्परागत सिपसँग जोडिएको घरेलु उत्पादनको स्तरीकरण, ब्राण्डिङ्ग र अन्तराष्ट्रिय स्तरमा समेत बजारीकरणको लागि अन्तर मन्त्रालय समन्वय गरि आवश्यक कानुनको तर्जुमा गरीने कुरा ब्यक्त गर्नु भएको छ ।

नेपाली घरेलु महिलाहरुले उत्पादन गर्ने लोकल कोदोको रक्सीलाई उत्पादन र बजारीकरणमा ब्याण्ड गरी बिदेसी महंगा रक्सीहरुमा रमाउने अनी पैसा जती बिदेशी उद्योगीहरुलाई जिम्मा लाएर,घरायसी प्रयोजनका लागि उत्पादन गरेका कोदोको तिनपाने रक्सी समेत प्रहरी लाएर माटोमा मिलाउने गरेका घटनाहरुले लामो समय देखी मन्त्री राईले ब्याण्ड भर्सेज ब्राण्डको अबधारणा उजगार गर्दै आउनु भएको थियो ।
स्वदेसी घरेलु कोदोको तिनपाने रक्सी उत्पादन,प्याकेजिङ,लेबलिङ,बजारिकरण एबं अन्तराष्ट्रियकरण गरेर महिला,जनजाती एबं

बेरोजगारहरुलाई रोजगारीको सिर्जना गर्न सकिने,बार्षिक ३ अर्ब भन्दा बढी बिदेशी रक्सीमा हुने खर्चलाई घटाएर स्वदेशी उत्पादनलाई बढवा दिन,ठुलो आम्दानीको श्रोत हुने भएकोले ब्याण्ड भर्सेज ब्राण्डको अबधारणालाई निती तथा कार्यक्रमबाट पारित गरिएको जानकारी प्राप्त भएको छ । घरेलु रक्सी उत्पादन ऐन २०३१ ले घरेलु रक्सी उत्पादन,प्रसोधन तथा बक्रिी बितरणमा रोक लगाएपछी नेपालमा घरेलु रक्सी ब्याण्ड भएको थियो ।

आज पारित निती तथा कार्यक्रमले अब नयां कानुन निर्माणको बाटो खुलेको छ । नेपालमा खुला रुपमा मदिरापान तथा धुम्रपान सेवन निवारणको पनि कानुन निर्माण गरी सो को प्रभाबकारी कार्यन्वयन गरी कुलत तथा लागुपदार्थ दुर्ब्यसनी न्युनिकरणमा समेत प्रदेश सरकारको महत्वपूर्ण भुमिका निर्बाह हुने सामाजिक विकास मन्त्री उषाकला राईले बताउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया