प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

maiya

२६ जेष्ठ विराटनगर, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नु भएको छ ।

संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उहाँले आग्रह गर्नु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै मन्त्री राईले भन्नु भयो, कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाडोभन्दा चाडो प्रवन्ध गर्न आग्रह गर्दछु ।

कोरोनाको तेश्रो लहर शुरु हुने विज्ञहरुले बताईरहेकाले आवस्यक तयारी गर्न आवस्यक देखिएको बताउदै मन्त्री राईले भन्नु भयो, केन्द्रले प्रवन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति दिनुहोस खोप तुरुन्त लगाए मात्र शुरक्षीत हुन सकिन्छ ।

प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको मन्त्री राईले बताउनु भयो । उहाँले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपुर्तीमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवस्यक रहेकोमा जोड दिनु भयो । मन्त्री राईले प्रदेश १ का सवै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी गराउनु भयो ।

प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरि अघि बढेका छौं मन्त्री राईले भन्नु भयो, सवै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरि पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा सबै लागि परौ । एचडियू, आईसीयू, भेन्टिलेटर, आवस्यक जनशक्ति सहितको विकसित अस्पताल निर्माण गर्नूृ पर्नेमा मन्त्री राईले जोड दिनु भयो ।

विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरि विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उहाँले बताउनु भयो । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया