ललिता निवास जग्गा प्रकरणमा ः ४९ जनाविरुद्ध २१ दिने सूचना जारी, जवाफ नदिए जग्गा सरकारको नाममा हुने

Halesi Khabar

खोटाङ । बालुवाटारस्थित ललिता निवास क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ ।

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै गोरखापत्र दैनिकमा सूचना जारी गरि २१ दिनको समय तोकेको हो ।
मालपोत कार्यालयले जग्गाधनीलाई ललिता निवासको जग्गा नेपाल सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भन्दै सूचना जारी गरेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने जानकारी दिएको छ ।

सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा रहेको छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयले जनाएको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया