प्रधानमन्त्री केपी शर्मा ओली र महन्थ ठाकुर बीच आज भेटवार्ता हुँदै ,सत्ता साझेदारीबारे छलफल हुने

Halesi Khabar

 

खोटाङ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बीच आज भेटवार्ता हुने समय तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

जसपा सरकारमा सहभागी हुनेबारे छलफल गर्न भेटवार्ता हुन लागेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मुख्य सचेतक बिशाल भट्टराईले हलेशी खबर डटकमलाई जानकारी दिनुभयो । भट्टराईका अनुसार ओली र ठाकुर बीच सहमति जुटे तत्काल नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।  कुरा मिलेमा आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी रहेको छ । जसपाका ठाकुर पक्ष सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

सरकारमा साझेदारी गर्ने सहमति अनुसार ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका छन् । जसपा सरकारमा सहभागी भएमा १० मन्त्रालय दिने तयारी रहेको भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया