नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

Halesi Khabar

 

 

खोटाङ  । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले  दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य  तथा  अग्रज पत्रकार बस्नेत कानुन व्यवसायी समेत रहेका छन् । बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका  थिए । चार वर्ष अघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी वरालको कार्यकाल उनको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक अध्यक्ष भएर समय बित्यो ।

उनको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो । यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया