खोटाङमा मोटरसाईक चोरी गर्ने दुई जना पक्राउ

Halesi Khabar

खोटाङ । खोटाङमा मोटरसाईकल चोरी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुईपा पञ्चदोबाटोका सुबोध श्रेष्ठको बा ७२ प ४९६९ नम्बरको मोटरसाईकल चोरी गरी फरार रहेका दुई जनालाई प्रहरी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–३ बासपानीका २२ वर्षीय सरोज विक र जुम्ला गुठीचौर गाउँपालिका–५ छेपालगाउँका २० वर्षीय राजेश खत्री हुन् । दुबै जनालाई सरोजको घरबाट फरक–फरक दिनमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता अमर प्रसाद गजमेरले बताउनुभयो ।
१८ जेठमा सरोजलाई र १९ जेठमा राजेशलाई पक्राउ गरिएको हो । उनीहरुले जेठ १५ गते राती चोरी गरेको मोटरसाईकल पनि बरामद गरिएको छ, पक्राउ परेकालाई हिरासतमा राखी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया