एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार, यस्तो छ, बटमलाइन

Halesi Khabar

खोटाङ ।  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनु भएको छ ।

कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताईदिएर पाटीलार्ई २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न अध्यक्ष ओली सहमत हुनु भएको हो ।

विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग अध्यक्ष ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने एमाले स्थायी कमिटीका एक नेताले जानकारी दिए । ती नेताका अनुसार अध्यक्ष ओलीले माधव समुह एमालेमै रहने ग्यारेण्टीलाई पहिलो प्राथमिकता दिनु भएको छ । यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको जानकारी अध्यक्ष ओलीले गराउनु भएको हो ।

अध्यक्ष ओलीको यो सन्देश नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेतालाई गराइएको छ ,भने बार्तामा सहभागी नेपाल समुहका नेताहरुले नेता नेपाललाई मनाउन प्रयास थाल्नु भएको छ । पछिल्लो समय नेता नेपाल एकता भन्दा बिभाजनतिरै लाग्नुभएको कारण सो समुहका नेताहरुले मनाउन सकिरहनु भएको छैन । स्रोतका अनुसार नेता नेपाल एमालेमै रहँदा भविश्यमा आफूले के पाउने भन्ने मुल प्रश्न उठाइरहनु भएको छ । नेता नेपालले पार्टी एकता बचाउने जिम्मेवारी लिएका सबै नेतालाई एक साताभित्र निक्र्योलमा पुग्न आइतबार निर्देशन दिन ुभएको खुलासा गरिसक्नु भएको छ । ‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरा गरेर अलमल नगर्नुस् भनेको छु’, आफू निकट रहेका विद्यार्थीको बैठकमा नेता नेपालको भनाई थियो ।

एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण बिष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन दिएको सन्दर्भ नेपालले जोडनु भएको हो । त्यसपछि ओलीले सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक मंगलबारलाई सार्न ुभएको थियो । भने ,सोही अनुसार मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पनि जेठ १० गते स्पष्टीकरण सोधिएका नेतालाई थप कारबाही गर्ने विषयमा कुनै छलफल नगरी अन्तिमसम्म एकता बचाउन प्रयाश गर्ने निर्णय  गरिएकोे छ ।

एमालेको बिवाद  मिलाउन सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो। संवादमा एमाले संस्थापनबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल समुहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी हुनुभएको थियो ।

स्रोतका अनुसार सो छलफलमा ‘यसबीचमा भए गरेका कार्यलाई कमजोरीका रूपमा स्विकार्ने, अब आइन्दा यस्ता कमजोरी नगर्ने, पार्टी विधि र विधानअनुसार सञ्चालन गर्ने’ बेहोरा राखी ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नेसम्मको बिषयमा छलफल भएको छ । संवादमा प्रगति भएकै आधारमा नेता नेम्वाङले केही दिनभित्रै सकारात्मक परिणाम आउने बिश्वास ब्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया