सामाजिक विकास मन्त्रीराईद्धारा १० हजार एन्टीजेन किट सहित लाखौ मुल्यका स्वास्थ्य सामाग्रगी हस्तान्तरण

maiya

खोटाङ,  प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले जिल्ला असपताल खोटाङलाई १० हजार बढी एन्टीजेन किट सहित लाखौ मुल्य पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । मन्त्री राई आफैले एन्टीजेन किट,अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री ल्याइए जिल्ला स्वास्थ्य कार्यालय दिक्तेललाई हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट ५० लिटरको १५ पिस अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टीजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन, १ हजार ६ सय पिस सर्जिकल मास्क, ५ सय एमएलको ५४ पिस हेण्डसेनीटाइजर, २५० पिस एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको हो ।

गाडीमा हालेर स्वास्थ्य सामग्री लिएर आउनु भएको सामाजिक विकास मन्त्री राईले मंगलबार स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई सरोकारवालाको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । गत बैशाख ३० गते ३ लाख ७ हजार १३० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाउनु भएको मन्त्री राई सोमबार थप स्वास्थ्य सामग्री सहित जिल्ला आउनु भएको हो ।

मन्त्री राईले जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरिया,सशस्त्र प्रहरी नायव उपरिक्षक सरोज कार्की डा. बैभव मल्लिक लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । मन्त्री राईले आवश्यकता अनुसार थप स्वास्थ्य सामग्री उपलव्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । जिल्लामा स्वास्थ्य सामाग्री ल्याउनु नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाले महत्व पुर्ण भुमिका खेल्नु भएको छ ।

तपाईको प्रतिक्रिया