एमाले नेता भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेलमा आइसियू र भेन्टिलेटर राख्न तिन करोड वजेट

maiya

उमेश भुजेल
खोटाङ । नेकपा एमालेका प्रभाबशाली युवा नेता विशाल भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेलका लागि स्वास्थ्य उपकरण आईसियु र भेन्टिलेटर खरिदका गर्न अर्थ मन्त्रालयले तिन करोड बजेट उपलब्ध गराएको छ । जिल्लामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आईसियु र भेन्टिलेटर खरिद गर्न सरकारले बजेट उपलब्ध गराएको हो ।
अर्थ मन्त्रालयले जिल्ला अस्पताल खोटाङ दिक्तेलमा ५ वटा भेन्टिलेटर र २ वटा आईसीयु सञ्चालन गर्न ३ करोड छुट्याएको एमाले नेता बिशाल भट्टराईले जानकारी दिनु भयो ।
जिल्ला अस्पताल दिक्तेलमा जडान भएको आईसियुबाट विशेषगरी १४ वर्ष मुनीका बालबालिका, बृद्धले बढी लाभ लिनेछन् । जिल्ला अस्पताल खोटाङको दिगो व्यवस्थापनले माथिल्लो सगरमाथाका खोटाङ, सोलुखुम्बु, उदयपुर र ओखलढुंगाका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने जिल्ला अस्पतालले जनाएको छ ।

जिल्लामा आईसीयु र भेन्टिलेटर सहितको पर्याप्त सेवा नपाउँदा अस्पताल पुगेका कोरोना संक्रमितहरुले लाखौ रुपैया खर्चीएर हेलीकोप्टर चार्टर गर्न वाध्य रहेका छन् । यस अघि पनि एमाले नेता भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट स्थापना गर्नको संघिय सरकारले ७५ लाख बजेट पठाई सकेको छ । आईसियु भेन्टिलेटर र पर्याप्त अक्सिजन सहितको अस्पताल व्यवस्थापन गर्न सके कसैले उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्ने छैन ।

 

तपाईको प्रतिक्रिया