सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क शिलान्यास

maiya

दिक्तेल ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ रत्नपार्कमा सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क शिलान्यास भएको छ । बुधवार नगर प्रमुख दिपनारायण रिजालले सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क शिलान्यास गर्नु भएको हो ।
नगरपालिकाको एउटा गौरबको योजना अन्र्तगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको साझेदारीमा मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ३९ लाख खर्च हुने गरी टेण्डर प्रक्रियाबाट निर्माण सुरु गरिएको नगर प्रमुख रिजालले बताउनु भयो । २६ वटा सटर सहितको सपिङ कम्प्लेक्स, दोश्रो तलामा कफिसप सहितको स्टलहरु र विचमा बालबच्चा खेल्ले चिल्ड्रेन पार्क बन्ने डिटेल स्टामेट रहेको छ ।

नगरप्रमुख रिजालका अनुसार यो जिल्लामा पहिलो र नगरको गौरवको आयोजना हो ,यो निर्माण सम्पन्न भएर सञ्चालनमा आए जिल्लाको आन्तरीक पर्यटन विकास यसले टेवा पु¥याउछ । सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्कवाट नगरले मासिक ९लाख सम्म आम्दानी गर्ने लक्ष रहेको मेयर रिजालको भनाई छ ।

उमा लामा अन्सुवी जेभीले १८ महिना भित्र निर्माणको काम सक्ने गरि टेण्डरको जिम्मा लिएको निर्माण कम्पनीका प्रोपाईटर शुनिल राईले बताउनु भयो । उहाँले भन्नु भयो, १८ महिना हाम्रो सम्झौता अबधि छ समयले साथ दिए १२ महिनामा काम सक्ने गरी निर्माण सुरु गरेका छौ ।

सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणका लागि हालको प्रहरी बुथ लगायतका संरचना हटाउने तयारी छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको २०७७ साल भदौ २ गतेको सूचनामार्फत माग भएको पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरको माघ २९ गतेको निर्णय अनुसार साझेदारी आयोजनाका रुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनौट भएको हो ।

 

तपाईको प्रतिक्रिया