खेलकुद महासंघले ट्राफिक महाशाखा काठमाण्डौंलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

maiya

काठमाडौं । नेपाल खेलकुद महासंघले ट्राफिक महाशाखा रामशाहपथ काठमाण्डौंलाई स्वास्थ्य सामाग्री हस्तान्तर गरेको छ । महासङ्घका अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले भौतिक दुरी कायम गर्दै महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।                                                       राष्ट्रिय अभियानका संयोजक समेत रहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, प्रथम उपाध्यक्ष गोविन्द भट्टराई, महासचिव मेघराज पौडेल र उपमहासचिव शान्तामाया परियार तथा रामकृष्ण खड्काको समेत उपस्थितिमा मास्क, सेनिटाईजर, ग्लोभस, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया