नगरप्रमुख र उपप्रमुखको महान काम जसले बनाए आफुले चढ्ने गाडीलाई एम्बुलेन्स

maiya

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संकटमा आफुले चढ्दै गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन् ।

नगरप्रमुख रिजालले कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्वन्धी विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको बा २ झ ३४६७ र उपप्रमुखले प्रयोग गर्दै आएको को १ झ ६६८ नम्बरको दुवै गाडीलाई शनिवारबाट एम्बुलेन्सको रुपमा सञ्चालन हुने गरी प्रयोगमा ल्याएका हुन् ।

नगरपालिकामा भएको एउटा एम्बुलेन्स हिजो बिरामी लिएर काठमाडौ गएको र आज एक जना संक्रमित विरामीको श्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउनका लागि गाडीको व्यवस्था हुन नसकेपछि बिरामीलाई अस्पतालसम्म पु¥याउन र ल्याउनका लागि प्रयोग गर्न आफू चढ्ने गाडी दिएको नगरप्रमुख रिजालले बताउनु भयो । नगरप्रमुख रिजालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका कटवाल थरका २९ वर्षीय पुरुषलाई आफ्नो गाडीबाट कोशी कोभिड अस्पताल बिराटनगर पठाइएको हो ।

यो संकटको घडीमा आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने नगरप्रमुख रिजालले बताउनु भएको छ । हलेसी खबरसगँ कुरा गर्दै मेयर रिजालले भन्नु भयो, यो महामारीमा सरकारलाई सहयोग गर्नुस घरमै बस्नु अप्ठेरो परे नगरलाई सम्झनुस २४ सै घण्टा जनताको सेवामा हामी तत्पर छौ ।

तपाईको प्रतिक्रिया