ओली ४३ औ प्रधानमन्त्रीमा नियुत्त , एमाले खोटाङ अध्यक्ष दंगालले यसरी ब्यत्त गर्नुभयो खुसी

maiya

खोटाङ,  नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलि नेपालको ४३ औ प्रधानमन्त्रीमा नियुत्त भए पछि देशभर एमाले नेता कार्यकर्तामा खुसियाली छाएको छ । अनेक बाधाहरु छिचोल्दै शुक्रबार ४३ औ प्रधानमन्त्रीको रुपमा सपथ लिए पछि देशभर खुसियाली छाएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनु भयो ।
उहाँले भन्नु भयो, देशकै सफल निडर दुरदर्शी प्रधानमन्त्रीलाई सलाम छ तपाई सफल हुनु भनेको सिङगो देश सफल हुनु हो त्यसकारण हामि खुसी छौ ।
एमाले अध्यक्ष दंगालले सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्नु भएको खुसीको स्टाटस जस्ताको तस्तै
श्रद्धेय अध्यक्ष कमरेड हृदयबाट स्यालुट गर्दछु ! कमरेड जस्तो अध्यक्ष पाउनु हामी सबै नेता कार्यकर्ताको गर्ब को विषय हो !! यो आन्दोलन सिध्याउन खोज्नेहरुले गुरुयोजनानै बनाएर लागेका थिए । तपाईं यो पार्टीका रानु सिद्धयाउने र कर्मि मौरीहरुलाई बिचल्ली पार्ने पार्टी कमिटिहरु कब्जा गर्ने मुलुकभरी धेरै दुखले बनाएको पार्टीका कार्यालयहरु कब्जा गर्ने, बिचार र सिद्धान्त को सन्दर्भमा हामीले संसारलाई नयाँ सन्देश दियौं दुनियाँमा कम्युनिष्ट आन्दोलन समाप्त हुदैगर्दा हामीले जनताको मतबाट जाचिएर सरकार बनायौ !

शान्तिपूर्ण ढंगले राजतन्त्र बिदा ग¥यौ । गणतन्त्रको स्थापना ग¥यौ !! जसलाई जसले उग्रवामपन्थी दलदलबाट निकाल्यो , सकिएको पार्टीलाई , साहारा दिएर प्राण भर्यो! गुनले गुन खान्छ तलाई म खान्छु , म ताक्छु मुडो , बन्चरो ताक्छ घुँडो भनेझैं यो आन्दोलन सक्न कम्मर कसेर लागे त्यो खराब नियतलाई घर डढाएर आगो ताप्नेहरुले होस्टेमा हैसे गरे मिल्थ्यो भने फासिको सजाय सुनाउथे अह कत्तिपनि बिचलित हुनुभएन कसैले हल्लाउन सकेन डुब्न लागेको पृथ्वी बामन अबतार भएर दांतले निकालेको कथा जस्तो गरि रसातालमा डुबाउन लागेको पार्टी बचाउनु भयो कुन शब्दले आभार व्यक्त गरौ सिङ्गै पार्टीका नेता कार्यकर्ता को छाति गर्वले फुलेको छ !

ढिलो भएपनि बुद्धिमा लागेको बिर्को उघार्नु भएकोमा समानान्तरहरुलाई पनि धन्यवाद । अब हाम्रो गौरबशाली पार्टीको सर्बसम्मत अध्यक्ष र एक कार्यकाल एकल बहुमतको प्रधानमन्त्री बनाउने र सुखी नेपाली समृद्ध नेपालको नारा साकार बनाउनेतर्फ लाग्नु हामीसबै को दायित्व हो ! सबै षड्यन्त्रका पर्दाहरु च्यातेर पुनः देशको ४३ औ प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई र कार्यकालको सफलताको शुभकामना कमरेडको सफलतामा पार्टी देश र जनताको सफलता गाँसिएको छ । यो सरकार सफल बनाउन हामी सबै एकताबद्द भएर लागौ ! हामी सबैलाई धेरै धेरै बधाई !!

रामप्रसाद दंगाल अध्यक्ष तथा जिल्ला कमिटी खोटाङ परिबार!!

तपाईको प्रतिक्रिया