मुख्यमन्त्री पोखरेलको पुनः नियुक्ती बदर गर्न माग गर्दै ४२ सांसदको हस्ताक्षर सङ्कलन

Halesi Khabar

काठमाडौँ, १९ वैशाख । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका १ जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् भने अरु २ जनाले साथ छाडेका छन् । जसका कारण पोखरेल थप संकटमा फसेका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ ९क० बाट निर्वाचित दूगनारायण पाण्डेय राजीनामा दिएका छन् भने कपिलवस्तु–२ ९२० का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी ९२० का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेर विपक्षी गठबन्धनतिर लागेर हस्ताक्षर गरेका छन् ।

उनीहरुको हस्ताक्षर लगेर अहिले माओवादी, नेपाली कांग्रेसका सांसदहरुको टोली प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । यसअघि आजै विमला ओली पनि माओवादी केन्द्रतिर लागेकी थिइन् ।

प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले संविधानको धारा १६८ ९१० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपनि विपक्षी गठबन्धनले विरोध गरिरहेका छन् । नियुक्तिको विषयमा लिएर अहिले ४२ जना सासंदहरुले हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्ध खानले बताउनुभयो ।

उहाँले प्रदेश प्रमुखले विधि र विधानमा बसेर काम गर्नु पर्ने र पोखरेलको पुनर्नियुक्ति बदर गर्नुपर्ने माग रहेको बताउनुभयो । पोखरेलविरुद्ध आफ्नै दलका सांसदलेसमेत हस्ताक्षर सङ्कलन गरेर बुझाएपछि लुम्बिनीमा राजनीतिक तेज बढेको छ ।

तपाईको प्रतिक्रिया