शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

Halesi Khabar

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।

प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको हो । पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् । जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् ।

उता, विपक्षी गठबन्धनले ४० सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी गरेको छ । यसैबीच, लुम्बिनी प्रदेशमा राजनीतिक सरगर्मी एकाएक तेज भएर अगाडि बढेको छ ।

आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठन गर्ने प्रयासमा रहेका शंकर पोखरेललाई आफ्नै पार्टीका सांसदले नराम्रो धक्का दिएका छन् । ४१ सांसदको गणना गर्दै एकल बहुमतको सरकार गठनको तयारीमा जुटेका पोखरेललाई सुरुमा सांसद विमला खत्रीले झट्का दिएकी थिइन् ।

खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहने भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि पोखरेल ४० सांसदको समर्थनमा खुम्चिएका छन् । विपक्षी गठबन्धनसँग पनि ४० सांसद नै रहेको अवस्थामा संघीय सत्ताको जोडबलमा आफू नै मुख्यमन्त्री बन्ने अभियानमा रहेका पोखरेललाई अन्ततः एमालेका अर्का सांसदले पनि धक्का दिएका छन् ।

एमाले सांसद दूगनारायण पाण्डेले राजीनामा दिएर राजनीतिक धक्का हुन् । उनी कपिलबस्तु २ क बाट विजयी भएका थिए ।

 

 

तपाईको प्रतिक्रिया