पत्रकार महासङ्घ खोटाङका सचिव रिजाललाई कोरोना सङ्क्रमण

Halesi Khabar

खोटाङ, १८ वैशाख । नेपाल पत्रकार महासङ्घ खोटाङका सचिव लोकमणी रिजाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । देश पोष्ट अनलाइनका सम्पादकसमेत रहनुभएका सचिव रिजाललाई सङ्क्रमण भएको पुष्टि भएपछि हाल कोभिड अस्पताल बिराटनगर भर्ना गरिएको छ ।

बिरामी भएको तीन दिनपछि पत्रकार रिजाल अस्पताल भर्ना हुनुभएको पारिवारिक स्रोतले जनाएको छ । केही समय अघिदेखि बिराटनगर बस्दै आउनुभएका सचिवको आइसियूमा राखेर उपचार भइरहेको जनाइएको छ ।

चार दिनदेखि उपचाररत रिजालको अवस्था समान्य रहेको जनाइएको छ । पत्रकार महासङ्घ १ नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमका अनुसार रिजालसँगै १ नम्बर प्रदेशमा ११ जना पत्रकार कोरोनाबाट सङ्क्रमित भएका छन् ।

झापाका ४ जना, मोरङका ३ जना, ओखलढुङ्गाका २ जना, सुनसरीका १ जना पत्रकार सङ्क्रमित भएका छन् । सङ्क्रमित सबै पत्रकारको अवस्था सामान्य रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया