एमालेबाट गृहमन्त्री बनेपछि बादलको सरप्राइज : पहिलो पटक दौरासुरुवालमा शपथ

maiya

काठमाडौं, बैशाख ५ । गृहमन्त्रीमा पुनः नियुक्त हुनुभएका रामबहादुर थापा ‘बादल’ ले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापालाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।

सपथ लिन मन्त्री थापा नेपाली पोशाक दौरा सुरुवालमा उपस्थित हुनुभएको छ । यसअघि सामान्यतया माओवादीका मन्त्रीहरूले सपथमा सुटपेन्ट लगाउने गर्नुभएको थियो । तर आज एमालेबाट गृहमन्त्री हुनुभएपछि थापा दौरा सुरुवालमा शीतलनिवास पुग्नुभएको हो ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएका थापा एमालेमा लागेपछि माओवादीको कारवाहीको पत्रानुसार संसद सचिवालयले आज बिहान पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो । सांसद पदसँगै मन्त्रीबाट पनि मुक्त हुने संबैधानिक ब्यवस्थाअनुसार थापालाई आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सिफारिशलगत्तै मन्त्री नियुक्त हुनुभएका थापालाई आजै शपथ गराइएको हो । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने समारोहमा उपस्थित हुनुभएन । पछिल्लो समय संबैधानिक पदमा रहे पनि उपराष्ट्रपति पुन र सभामुख सापकोटा माओवादी युद्धकालिन कमाण्डर प्रचण्डको निर्देशनमा यस्ता कार्यक्रम बहिष्कार गर्दै आउनु भएको छ । संबिधान भन्दा प्रचण्ड माथि राखेको प्रमाण दिन उपराष्ट्रपति र सापकोटा आज शीतलनिवास नजानुभएको हो । जनताटाईम्सबाट साभार

तपाईको प्रतिक्रिया