पाथेकामा निशुल्क स्वास्थ्य शिविर

Halesi Khabar

हलेसी खबर

पाथेका, ११ फागुन । पाथेकामा निशुल्क स्वास्थ्य शिविरको शुरु भएको पहिलो दिन २६५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जनसेवा समाज नेपाल र म्द्दल् फाउण्डेशन अमेरिकाको साझेदारीमा शिविर संचालन गरिएको हो ।

कोरोना सहायता परियोजना अन्र्तगत संचालन भईरहेको शिविरमा जनसेवा सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप प्रमुख विणा देवि राईले उद्घाटन गरेको शिविरमा १० जनाको सभाईकल टेस्ट , २ जना पाटेघर खसेको महिलाको रिङ प्रेसरी राख्ने काम, भिडियो एक्सरे २५ जना, निःशुल्क चस्मा वितरण ४३ जना, २३ जनाको मोतीया विन्दु पहिचान १२० जना भन्दा बढीको आँखा चेक, ३३ जनाको दाँत चेकजाँच गरेको मध्ये १८ जनाको ५४ वटा दाँट उखेलिएको छ ।

यस्तै ३० जना विभिन्न रोगका विरामी बालबालिकाको चेकजाँच, ३२ जनाको सुगर १० जनाको युरिन टेस्ट गरिएको छ । जनसेवा सामुदायिक अस्पतालका १ जना एमडिजिपी, २ जना मेडिकल अफिसर, १ जना वालरोग विशेषज्ञ र १ जना, दन्तरोग विशेषज्ञ गरी जम्मा १४ जनाको स्वास्थ्यकर्मी टोली शिविरमा परिचालित छन् ।

कार्यक्रममा बोल्दै विनादेवी राईले साठी वर्षदेखि माथिका चस्मा लगाउनुपर्ने विरामीहरुलाई निःशुल्क उपलब्ध गराउने बताएकी छन् । यस अघि केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाले पनि चस्मा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया