युनियन लाईफको जिल्ला स्तरिय कार्यक्रम सम्पन्न

Halesi Khabar

हलेसी खबर

खोटाङ, ९ फागुन । खोटाङमा युनियन लाईफ इन्स्योरेन्सले विमा सचेतना तथा अभिमुखिकरण आधारभुत अभिकर्ता कार्यक्रम गरेको छ । आफ्ना अगुवा अभिकर्ताहरुलाई जम्मा गरेर आईतबार दिक्तेल स्थित होटल इन्द्रेणीमा एकदिने विमा सम्बन्धी आधारभुत कार्यक्रम गरेको हो ।

प्रदेश नम्बर ३ बागमति प्रदेशका अध्यक्ष राजु श्रेष्ठको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विमा रत्न दामोदर गौतम विशेष अथिति रहेका थिए । कार्यक्रममा जिल्लाको विभिन्न ठाउँबाट आएका अभिकर्ताहरुलाई विमा कम्पनीहरुमा काम गर्दा आईपर्ने गारो अफ्ठ्यारोका बारेमा अथितिहरुले प्रस्टाएका छन् । विमा गर्दा र गराउँदा अपनाउनु पर्ने सावधानी र विमकलाई दिनु पर्ने सेवा सुविधाको बारेमा समेत कार्यक्रममा छलफल भएको युनियन लाईफका खोटाङ शाखा प्रमुख मनोज थापाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया