आफूले आफैलाई किन प्रश्न नगर्ने ?

Halesi Khabar

–भीम राई
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङको नवौँ साधरणसभा भइरहेको बेला काठमाडौँबाट म्यासेन्जरमा एउटा कल आयो । व्यस्तताको बीचमा कल उठाउने कुरै भएन । कार्यक्रम जसो तसो सकियो । सकिएपछि बाहिर गेटमै निस्कदा फेरि उसैगरी म्यासेन्जरमा भ्वाइस कल आयो ।

यसो हेरी पठाउँदा त्यहाँ देखियो नेपालको आर्थिक विकासको बारेमा जानकार अर्थविद हरि रोक्का । हरि दाइकै फोन आएपछि कसरी रिसिभ नगर्ने ? भ्वाइस कल रिसिभ गरेर बोलियो ।
यस भन्दा अगाडि हरि दाइले म्यासेन्जरमा लेख्न भ्याइसक्नु भएको रहेछ ‘बोल्नु जरुरी काम छ फोन उठाउनु’ आदेश नै आएको थाहा पाइएन छ । दाइले भनेपछि थाहा भो । रोक्का दाइले फोनबाट आफ्नो मक्सद सुनाउनु भो ।

राजनीतिक विश्लेषक तथा वरिष्ठ साहित्यकार नारायण ढकाललाई लिएर खोटाङ आउने कुरा । उहाँले कार्यक्रमको बन्दोबस्ती कसरी गर्न सकिन्छ । कसले गर्दा राम्रो हुन्छ ? जस्ता विषयमा कुरा गर्नु भयो । म विलख बन्दमा परेँ । ‘ल्या अब के भन्ने होला ?’ तर तत्कालै ‘हुन्छ दाइ हामी सल्लाहा गर्छौँ ’

यसपछि पछि कुरा गर्ने सर्तमा बोलचाल बन्द गरियो । महासङ्घको साधरणसभा सकिएपछि पत्रकार नेताहरुलाई विदा गरेर हामी महासङ्घका पदाधिकारी साथीहरु खाजा खानेगरि बसेको बेला मैले यो कुरा सुनाएँ । सबै साथीले हुन्छ भन्ने सहमती भयो । हाम्रो जिम्मा खबर गर्ने मात्र हो भनिएको थियो ।

शुरुमा माघको २८ गते आउने कुरा थियो । यसमा हाम्रो भूमिका संयोजनको मात्र हुने भन्ने छलफल भयो । तर, पछि फेरि काठमाडौँमा नेकपा प्रचण्ड–माधवको प्रतिगमन विरोधी सभाको कारण दाइहरुको समय पर स¥यो । दाइहरुले अब ३ गतेका लागि कार्यक्रम गर्ने खबर गरेपछि सोही अनुसार तयारी गरियो । फागुन ३ गतेको कार्यक्रम १ गते नै टोली खोटाङ आउने, २ गते घुमघाम गर्ने ३ गते कार्यक्रम गर्ने । सेडुल बन्यो ।

जब फागुन १ गते १० बजेतिर हरि रोक्काको नम्बरबाट फोन बज्यो । ‘ल भीम जी हामी हिँड्यौँ । गुरुजी सहित हामी ४ जना नारायण ढकाल, टंक कार्की र म । बेलुकी आइपुगिन्छ ।’ यसपछि लाग्न थाल्यो खुलदुली र कौतहुलता । विषय त हरि दाइले अलिअलि भन्नु भाकै थियो । तरपनि मधुरोमात्र बुझाइले तनाव जस्तो लागिरह्यो । पत्रकार महासङ्घका अध्यक्ष दमन राई र पत्रकार डम्बरसिं राई भएर सबैलाई खबर गर्ने जिम्मा लियौँ । कम्तिमा ५०÷६० जना मान्छे त जम्मा गर्नु पर्छ भन्ने थियो ।

उहाँहरु फागुन १ गते बेलुकी ७ः०० बजेतिर खोटाङ आइपुगेपछि बल्ल विषयको बारेमा क्लियर भइयो । त्यहि बेला बन्यो कार्यक्रमको सेडुल । यस बेला पो बुझियो । एउटा अभियान नै लिएर हिँड्नु भएको रहेछ उहाँहरु । देशमा भएका पहिलो वा दोस्रो ऐतिहासिक जनआन्दोलनपछि नेपाली समाजले खास के प्राप्ति ग¥यो भन्ने बारेमा खोजि गर्दै हिँड्नु भएको रहेछ । उहाँहरुले शुरुमै गरेको प्रश्नले गम्भीर बनायो । खासमा हामीले पायौँ के र ग¥यौँ के ?

देशमा भएका ठूलाठूला आन्दोलन र हामी र हामी जस्तै लाखौँ नागरिकले दिएको समय र शहीदहरुले दिएको बलिदानीपछि समाजले के पायो ? प्रश्न निकै गम्भीर जटिल उठ्यो । यसका बारेमा विमर्श गर्न जिल्लामा बसेर के पत्तो । तर, टोलीले आफ्नो मक्सज पुरा गर्न आफूहरुले बोल्ने भन्दा बढी सुन्ने र अन्तरक्रियात्मक कार्यक्रमहरु गर्ने सुझाएपछि मनमा केही खुलदुली अवश्य बढ्यो ।

अझ फागुन ३ गते बिहानै दिक्तेल बहुमुखी क्याम्पसका सह–प्राध्यापक देवकुमार राईको संयोजनमा भएको विद्यार्थी र प्राध्यापकहरुसँगको अन्तरक्रियापछि विषय छ्याङ्गियो । वास्तवमा अहिलेसम्म भएका राजनीतिक आन्दोलनहरुले दिएको उपलब्धी खास कुन वर्गमा रहेको छ । सोच्न बाध्य बनाएको छ ।

नेपाली राजनीतिलाई गालि गरिरहने बुद्धीजीवि हौ भन्नेहरुले भने के भुमिका खेलेका छौँ । प्रश्नले घच्घचाइ दिएको छ । जब देशले खोजेको परिर्वतनको शुत्रहरु के के हुन ? हामीले शिक्षामा चाहेको के थियो भयो के ? यस्तै कृषिमा, पर्यटनमा, व्यापारमा, उद्योग धन्दामा ? के चाहेका थियौँ ? र हामीले प्राप्तिका लागि के ग¥यौँ ? केही थान नेताहरुलाई जिताएर पठाएपछि हामीले खबरदारी कहाँ कति ग¥यौँ ? यीनै प्रश्नहरुको उत्तरको खोजि गर्न ढिलाइ भइसकेको रहेछ । एउटा रमाइलो अनुभव भयो ।

समग्रमा भन्दा यसपटक खोटाङ जिल्लामा आइपुगेका राजनीतिक विश्लेषक तथा पूर्व विद्यार्थी नेता टंक कार्कीले भने जस्तै हामी कहाँ चुक्यौँ ? हाम्रो भूमिका कहाँनिर कमजोर भयो ? आफूले आफैलाई प्रश्न गर्नै पर्दछ । यस्तै साहित्यकार तथा वरिष्ठ पत्रकार नारायण ढकालले भने जस्तै देशमा केही भएन भन्दा हामीले कति खबरदारी ग¥यौँ । अपेक्षा अनुसार काम भए न नभएका बारेमा कति पटक छलफल ग¥यौँ । अब एक पटक गम्भीर भएर सोच्नु पर्दैन र ?

तपाईको प्रतिक्रिया