ऐसेलुखर्कमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर

Halesi Khabar

हलेसी खबर

खोटाङ, ५ फागुन । जनसेवा समाज नेपाल र D2N फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता परियोजनाले खोटाङको ऐसेलुखर्कमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । जनसेवा सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको हो ।

खोटाङको ५ वटा स्थानीय तहमा संचालन हुने निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ऐसेलुखर्क गाउँपालिकामा जम्मा २२३ जना विभिन्न किसिमका विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य शिविरमा आङ खस्ने रोगबाट पिडित एक जनामहिलाको रिङ प्रेसरी लगाईएको छ । यस्तै सभाईकल टेस्ट ८ जनाको गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले जानकारी दिएका छन् ।

यस्तै शिविरमा ३० जनाको भिडियो एक्सरे, १० जना आँखा विरामीलाई चस्मावितरण गरिएको छ । ७ जनाको ९ वटा आँखा अप्रेसन गर्नुपर्ने अवस्थामा रहेको पहिचान भएको छ । सयजना भन्दा बढिको आँखा जाँच गरिएको छ । यस्तै १६ जनाको दाँत निकालिएको छ । यस्तै ९ जना विभिन्न रोगका विरामी बालबालिकाको समेत चेकजाँच गरिएको राईले जानकारी दिए ।

जनसेवा सामुदायीक अस्पतालबाट गएका १ जना एमडिजिपी, २ जना मेडिकल अफिसर, १ जना वालरोग विशेषज्ञ र १ जना दन्तरोग विशेषज्ञ गरी जम्मा १४ जनाको े स्वास्थ्यकर्मीको टोलीलेले उनिहरुको स्वास्थ्य परिक्षण तथा उपचार गरेका हुन् ।

खोटाङको पूर्वी उत्तरी भेगका स्थानीय तथा बिपन्न समुदायको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुच बिस्तार गर्ने उद्धेश्य राखी २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले प्राविधिक सहयोग गरेको हो । विशेषगरी ज्येष्ठनागरिक, महिला, बालबालिका, शारिरीक अपांगताभएका नागरिकहरुकालागि शिविर आयोजना गरिएको हो ।

शिविरको उद्घाटन ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्व निरौलाले गरेका थिए । शिविर ६ गते विहिबार सम्म संचालन हुने छ । यसपछि लगातार केपीलासगढी गाउँपालिकामा फागुन ८ र ९ गते शिविर संचालन हुने जनसेवा समाज नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया