पशुजन्य व्यापारमा ‘प्रहरी मेरो साथी’ भयो त ?

Halesi Khabar

–भीम राई
खोटाङको कृषि उपज काठमाडौँ ढुवानी गरी व्यापार व्यवसाय गर्नेहरुको एउटै गुनासो छ, “गाउँगाउँमा कृषि उपजको सङ्कलन गरेर काठमाडौँसम्म पु¥याउँदा प्रत्येक प्रहरी चेकपोष्टमा प्रहरीले दुख दिन्छ । सबै कागजातहरु मिलाएर ढुवानी गरिएका सामग्रीहरुको निगरानी गर्नु प्रहरीको दायित्व हो । तर। जहिल्यै उनीहरु चारो पर्खेको चराको बचेरा जस्तो त हुनु भएन नी ?”

यो गुनासो हो खोटाङ जिल्लाबाट स्थानीय बंगुर तथा खशी बोका सङ्कलन गरेर काठमाडौमा लैजाने व्यवसायी मेघराज राईको । उनले गाउँ घरमा भएका मासुजन्य पशुहरुको संकलन गर्छन् । काठमाडौँमा भएको फ्रेसहाउसहरुमा खोटाङ्गे बङ्गुरको मासु बिक्री गर्छन् । खसीबोका सङ्कलन गर्छन् र काठमाडौँमा पु¥याएर त्यहाँको स्थानीय व्यापारीहरुलाई विक्री गर्छन् ।

यस्तै अर्का व्यापारी पनि हुन् खोटाङ नुनथलाका उद्धव राई । उनले काठमाडौँमा खोटाङको बंगुरको मासु पसल र सेकुवा घर संचालन गर्छन् । उनलाई नुनथलाकै भीमचन्द्र राईले बंगुर संकलन गरेर काठमाडौं सम्म पु¥याउने काम गर्छन् ।

यस्तै अर्का खोटाङ बाक्सिलाको उमेश राई होटल व्यवसायी हुन् । उनले काठमाडौंमा रावाखोलाको माछा संग खाना खुवाउँछन् । उनले रावाखोला तापखोलाको माछा संकलन गरेर काठमाडौंमा खोटाङ्गको माछाको स्वाद, किनिमा, गुन्द्रुक जस्ता कुराहरुको व्यापारिक प्रर्वद्धन गरिरहेका छन् ।

उनीहरु जस्तै धेरै व्यापारीहरु छन् काठमाडौँमा जसले खोटाङमा उत्पादन भएका कृषि उपजहरुको बजारी करण गरिरहेका छन् । तर, उनीहरुलाई खोटाङबाट काठमाडौँसम्म समान ढुवानी गरेर पु¥याउन नै समस्या रहेको सुनाउँछन् ।

गाउँमा प्रत्येक घरमा डुलेर चलेको बजार मुल्यमा समान सङ्कलन गर्नु जति दुःख हुन्छ । जम्मा भएको समान काठमाडौंको बजारसम्म पु¥याउन उतिनै शास्ती भएको उनीहरुको भनाइ छ । “एकातिर जीवित पशुहरु बोकेर पु¥याउनु पर्ने तनाव हुन्छ । अर्को तिर प्रहरीले अलमलाएर थप तनाव सिर्जना गराउँछन् ।” व्यापारीहरुको एउटै गुनासो छ ।

प्रत्येक चेकपोष्टमा आवश्यक कागजात देखाए पनि सरक्क जान नदिने प्रहरीको व्यवहारले उनीहरु दिक्क भएपछि प्रत्येक पोष्टमा रिचार्ज खर्च छाड्नु बाध्य हुने गरेको दुःखेसो उनीहरुसँग छ ।
कसरी शुरु हुन्छ त ‘प्रहरी मेरो साथी’ सँगको भेटघाट ?
गाउँघरमा शुरुमा सङ्कलनमा ३÷४ बङ्गुर सङ्कलनमा समय लाग्छ । त्यसपछि १२÷१५ वटा बङ्गुर जम्मा गरेपछि सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका पशु विकास अधिकृतलाई स्वस्थ्य पशु निर्यातका लागि सिफारिस मागिन्छ । पशुविकास अधिकृतको आधिकारिक पत्र तयार भएपछि बेलुकीको समयमा हिँडाइन्छ । खसीबोका वा बङ्गुरलाई राति शित्तल हुने भएकाले बेलुकी हिँडाउनुपर्दछ ।

खोटाङ जिल्लाबाट जुन ठाउँबाट हिँडाएपनि शुरुमा हलेसी तुवचुङ नगरपालिका–३ च्यास्मिटारस्थित प्रहरी चौकीसँगै रहेको घरमा निकासी पुजी काटिन्छ । प्रति गोटा संख्या आधारमा जिल्ला समन्वय समितिको खोटाङलाई कर बुझाएपछि यात्राको प्रारम्भ हुन्छ ।

यस अघि ट्राफिक प्रहरीले रु ५०० को चिट थमाइसकेको नै हुन्छ । समान ढुवानी गर्दा पशु चौपाय बोक्न नपाउने यातायातको साधनमा पशुचौपाय बोकेको आरोपमा यो चिटको पैसा उठाइएको हो ।

खोटाङ जिल्लाबाट हिँडेको गाडी ओखलढुङ्गाको हर्कपुर प्रहरी पोष्टमा रोकिन्छ । अनी प्रहरी मेरो साथीसँग हात मिलाउने अभियानपनि शुरु हुने गरेको भुक्तभोगिहरुले सुनाउँछन् । प्रहरीले शुरुमा सवारी साधन इन्ट्री गर्न लाईसेन्स नम्बर गाडी नम्बर चालकको नाम सोध्दै नजिकमा आउँछ ।

ड्राईभरको नजिकमा आएर पहिले सोध्ने शब्द ‘सबै ठीक ठाक छ ।’ यो सुनेपछि विचरा ड्राईभरले ‘ठीक छ ।’ भन्दै कागज देखाउने हो । कागजमात्र हेरेपछि प्रहरी मेरो साथीले मिजासिलो पारामा शुरु गर्छ । ‘अनि गुरुजी यत्रो समान छ । यसो रिचार्ज खर्च पाइदैन ।’

सबै ठीक ठाक छ किन दिने ? भनेर कुरा शुरु गरेमा त्यहाँ अरु बहानाहरुको खोजि शुरु हुन्छ । एकाध घण्टा अलमलाउन थालिन्छ । तर गुरुजिले हातमा २०० रुपैयाँ हातमा राखेर ‘ठिकै छ नि त’ भनेमा गाडि अगाडि बढाउन पाइन्छ ।

ओखलढुङ्गाको हर्कपुर नाघेर उदयपुरको घुर्मि पुगिन्छ । त्यहाँपनि ईन्ट्रीको उहि काम हो । उहि काम गर्दै गर्दा त्यहाँपनि रिचार्ज कार्डको खर्च पनि हाल दिनै पर्ने व्यपारीहरुले गुनासो गरेका छन् ।

यसपछि शुरु हुन्छ सिन्धुलीको यात्रा । सिन्धुलीको खाङ्साङ, ग्वालटार, खुर्कोट, मुलकोट, नेपाल थोक, नेपालटार, भकुण्डेबँेसी, काभ्रे भञ्ज्याङ, धुलिखेल, साँगा भञ्ज्याङ र जगाती सम्म २०० देखि ५०० सम्म साथीहरुलाई भाग छुट्टयाउनु बाध्य बनाइन्छ । कतिपय बेला भने उनीहरुलाई छल्न पनि सकिने भुक्तभोगीहरुले सुनाउँछन् ।

प्रशँग किन यति लामो बनाइयो भने यो सानो समस्या हैन । यसले प्रहरी प्रशासनको संगठनात्मक छविलाई नै नकरात्मक सन्देश गईरहेको बारेमा गरिएको चिन्ता हो । यसरी दिईने र लिईने कुराको विल भर्पाइ हुने कुरा रहेन ।

दियाइ र लियाइको प्रकृति घुसको रुपमा देखिन्छ । रकम सानो भएपनि सबै ठाउँको जोड्दा रु पाँच हजारसम्म प्रत्येक पटक दिनुपर्ने बाध्यताले व्यवसायीहरुले स्थानीय कृषकहरुलाई मोलमोलाई गरिरहेका हुन्छन् ।

उनीहरुले चलेको बजारभाउमा यसको पनि मुल्य जोडेर उत्पादकहरुलाई भार बोकाउने गर्दछन् । यसलाई रोक्न केही उपाय खोजिनु पो पर्छ की ?

 

तपाईको प्रतिक्रिया