संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको छ : अधिवक्ता लुइँटेल

Halesi Khabar

काठमाडौँ, २६ माघ । अधिवक्ता अनन्त लुइँटेलले संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा प्रधानमन्त्री कार्यालयको तर्फबाट बहस गर्ने क्रममा उनले यस्तो बताउनुभएको हो ।

‘प्रधानमन्त्रीलाई जंगबहादुर बनाउन संविधानले विघटनको अधिकार दिएको हो । संविधानमा प्रधानमन्त्रीलाई विशेष अधिकार छ’, उहाँले इजलासमा भन्नुभयो, ‘ संविधानले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने कल्पना गरेको छ । संविधानले २ देख ६ वर्ष संसदको अवधि हुन्छ भनेको छ । विघटनविद्धको रिट खारेज हुनुपर्छ ।’

उहाँले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको पटक पटक इजलासमा जिकिर गर्नुहुँदै सोहीअनुसार रिट खारेज गरेर फैसला हुनुपर्ने तर्क गर्नुभयो । सोमबार मात्रै प्रधानमन्त्रीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराई, सीपी रेग्मी, रवी शर्मा खनाल, टंक दुलाललगायतले पनि बहस गरेका छन् ।

बहसका क्रममा उनीहरुले पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार दिइएको भन्दै रिट निवेदन खारेज गरिनुपर्ने जिकिर गर्नुभयो । अधिवक्ता सीपी रेग्मीले सबैकुरा संविधानमा नहुने जिकिरसहित विदेशमा पनि विघटन भएको प्रशस्त उदाहरण रहको भन्दै कुनैपनि बेला प्रतिनिधिसभा प्रधानमन्त्रीले विघटन गर्नसक्ने तर्क गर्नुभयो ।

तपाईको प्रतिक्रिया