टेलिकमले फाइभ जी सेवामा लैजान तयारी गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

Halesi Khabar

काठमाडौँ, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । टेलिकमको १७ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ’टेलिकमलाई विश्वमै नेतृत्वदायी कम्पनीका रूपमा विकास गर्नका लागि हिजोको प्रतिबद्धता पूरा भयो कि भएन, सबै हिसाबले समीक्षासहित दिगो र स्थायी कम्पनीका रूपमा अगाडि बनाउन रणनीति बनाएर जानुपर्छ ।’

उहाँले जतिसक्दो चाँडो ग्रामीण क्षेत्रमा पूर्वाधारको विकास गरी गुनासो नआउने गरी सेवा प्रदान गर्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारका प्रवक्ता गुरुङले सुखी नेपाली, समृद्ध नेपालको सरकारको उद्देश्यमा योगदान पुग्ने गरी टेलिकमले ग्राहकको चाहनानुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारका प्रवक्ता गुरुङले सुखी नेपाली, समृद्ध नेपालको सरकारको उद्देश्यमा योगदान पुग्ने गरी टेलिकमले ग्राहकको चाहनानुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो । फोर जी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारिता समीक्षा गर्दै फाइभ जीतर्फ जानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया