प्रधानमन्त्री ओलीको ¥याली पञ्च¥यालीभन्दा फरक हुन्न : अध्यक्ष प्रचण्ड

Halesi Khabar

काठमाडौँ, १२ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते गर्ने ¥याली पञ्च¥याली जस्तो मात्र हुने बताउनुभएको छ । पार्टी कार्यालय पेरिस डाँडामा आज २ नम्बर प्रदेशका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको जनसभा पञ्चहरुको भन्दा फरक नहुने बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले पहिले पञ्चहरुले आफू सकिने बेलामा सबै कर्मचारी र सेना प्रहरीलाईसमेत जबरजस्ती उर्दी गरेर कार्यक्रममा ल्याएर ठूलो मास देखाउने गरेजस्तै ओलीले त्यही रुप देखाउन खोजेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–मावध समूहको सभालाई केही हैन भन्दै सभाकस्तो हुन्छ, २३ गतेको हेर्नुस् भनेर च्यालेन्ज गरेका थिए । त्यही भनाइको जवाफ दिँदै अध्यक्ष प्रचण्डले ओलीको २३ गतेको सभा हुनु र नहुनुले केही अर्थ नराख्ने बताएका हुन् ।

प्रचण्डले पञ्चहरुजस्तै ओलीको पतन हुने र अब ओलीले गर्ने कार्यक्रम पनि त्यही रुपमा रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले इतिहासमा लेनिन र हिटलरको उदारण दिँदै ओली हिटरलरको पथमा रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया