विश्वमै ओली जस्तो झुटो बोल्ने र बेइमान व्यक्ति छैन : अध्यक्ष नेपाल

Halesi Khabar

काठमाडौँ, १२ माघ । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जस्तो झुटो र बेइमान व्यक्ति अरु कोही नभएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले ओली कम्युनिष्ट नभएको र उनमा नैतिकता तथा इमान रत्तिभर नभएको आरोपसमेत लगाउनुभयो ।

नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो बोल्न नहुने भन्दै ओलीपथमा लागेर झुट नबोल्नका लागि निर्देशन पनि दिनुभयो । विश्वमै ओली जस्तो झुटो र बेइमान व्यक्ति नभएको भन्दै नेपालले कम्युनिष्टमा इमान्दारिता र नैतिकता हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया