प्रचण्ड–माधव समूहद्धारा तेस्रो चरणको विरोध कार्यक्रम घोषणा

Halesi Khabar

काठमाडौँ, १२ माघ । सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । पहिलो र दोस्रो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको ठहर गर्दै उक्त समूहले तेस्रो चरणको आन्दोलन र विरोधको कार्यक्रम घोषणा गरेको हो ।

प्रचण्ड–माधव समूहले भोली १३ गते काठमाडौंमा सिठ्ठी जुलुस गर्ने भएको छ । त्यस्तै, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संघीय सांसद र प्रदेश सांसदहरुले निरन्तर धर्ना दिने कार्यक्रम रहेको छ ।

काठमाडौं बाहिर विभिन्न ठूला सभाहरुको गर्ने तयारी पनि समूहले गरेको छ । त्यस्तै काठमाडौंमा २८ गते विरोध प्रर्दशन र सभा गरी तेस्रो चरणको कार्यक्रम समापन गर्ने केन्द्रयि संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया