संसद विघटनविरुद्ध भोलि हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपील

Halesi Khabar

काठमाडौँ, ७ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गर्नुभएको छ । सभापति देउवाले काँग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गर्नुभएको हो ।

काँग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ । काँग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ ।

उक्त असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध काँग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । सभापति देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न विज्ञप्तिमार्फत अपील गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया