राजधानीमा प्रचण्ड–माधव पक्षको मोटरसाइकल ¥याली

Halesi Khabar

काठमाडौँ, ७ माघ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले पर्सी माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्शन अघि आज काठमाडौमा मोटरसाइकल ¥याली निकालिएको छ । माघ ९ गते हुने विशाल जनप्रदर्शनको तयारीस्वरुप नेकपाको सो पक्षले दवावस्वरुप मोटरसाइकल ¥याली निकालेको हो ।

भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल ¥याली थापाथली, कुपण्डोल, जावलाखेल सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो । केन्द्रीय संघर्ष समितिको आह्वानमा लाखौंको संख्यामा निकालिएको ¥यालीमा सबै पक्षका मानिसहरुको सहभागिता रहेको थियो ।

नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभाको विघटनविरुद्ध लगातार संघर्ष गर्दै आएको छ । पछिल्लो समय जनअधिकारको रक्षाका लागि विभिन्न पार्टी, नागरिक समाज लगायत विभिन्न क्षेत्रको पनि ऐक्यबद्धता बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया