संसद विघटन मुद्दा : बहस गर्दा आधा घण्टामा टुङ्ग्याउन निर्देशन

Halesi Khabar

काठमाडौँ, ७ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न अब ३० मिनेट मात्र समय पाउने भएका छन् । एउटै कानुन व्यवसायीले घण्टौं समय लिएर बहस गर्न थालेपछि आजदेखि समय निर्धारण भएको हो ।

बुधबार संवैधानिक इजलासमा सुनुवाइ शुरु भएलगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बहस गर्दा ३० मिनेट समयभित्र टुङ्ग्याउन निर्देशन दिनुभएको छ । यो निर्देशन अब आदेशका रुपमा रहनेछ ।

अब संवैधानिक इजलासमा बहस गर्ने पक्ष विपक्षका वकिलले आधा घण्टामा सक्नुपर्ने भएको छ । मंगलबारदेखि नै बहस गरिरहेका चन्द्रकान्त ज्ञवालीलाई आधा घण्टाभित्र बहस सक्न भनिएको थियो ।

प्रधान न्यायाधीश अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि चौतर्फी विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया