गायक सर्जुन राईको ‘दैलो’को म्युजिक भिडियो सार्वजनिक

Halesi Khabar

खोटाङ, १७ पुस । नेपाली सँगीत क्षेत्रमा सङ्घर्ष गरिरहेका गायक सर्जुन राईको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा समेत अब्बल सर्जुनसँगै सानु तामाङको स्वरमा ‘दैलो’ बोलको म्युजिक भिडियो आइ म्याक्स मोसन पिक्चरको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतको शब्द तथा सँगीत विश्वराज राई मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ । लोकपप शैलीको गीतको भिडियोमा नग्मा श्रेष्ठ, रुपेश राई र सीता राईको अभिनय रहेको छ ।

खोटाङको रमणीय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे, नुनथला, तुवाचुङ जयरामघाट लगाएतमा ठाउँमा खिचिएको भिडियोको निर्देशन तथा छायाङ्कनमा अनिल के मानन्धरको रहेको छ । लोकपप शैलीको यस गीतले बिहे गरेर लाहुर गएको श्रीमानलाई श्रीमतीले कतिसम्म माया गर्छन् र कतिसम्म कुर्छन् भन्ने विषयलाइ प्रस्तुत गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थायी घर भएका गायक राईले आधा दर्जनबढी गीतमा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । पछिल्लो समय गायक राईको आफ्नै स्वरमा रहेको गीत ‘दैलो’ले दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=0sanieW3-X4&feature=emb_title

 

तपाईको प्रतिक्रिया