लघुकथा : विकसित मुलुक पसे पछि !

Halesi Khabar

पौडेल विमुन्स

म हतारमा थिएँ। आज एउटा जागिर को लागि अन्तरवार्ता मा जानु पर्ने। कसैलाई हेर्ने र बुझ्ने सम्म सुद्धि थिएन। मलाई कसैले बोलाएको भए पनि मैले सुनिन। एक भिन्न उत्साह थियो आशा थियो।

साँझ, म थकित अनुहार लिएर फर्किएँ। एक हारसँगै म आफ्नो वासस्थान पुग्दै गर्दा एकजनाले बोलाएको स्वर सुनियो।
मैंले स्वर तर्फ टाउको घुमाएँ मान्छे चिने जस्तो लाग्यो। एकछिन टोलाएँ र इशाराले सोधेँ ” के तपाई ले मलाई नै सम्वोधन गर्नु भएको हो?” यो परदेशमा मलाई चिन्ने त दूर दूर सम्म कोही छैन मलाई किन बोलाएको? उत्तर नपर्खिएरै मैले सोधेँ।
उक्त मानिस मेरो नजिक नजिक आयो ।अहो! नजिक आएपछि पो मलाई पक्का भयो यो त उही मान्छे हो जोसँग हामी नजिक परेर बोल्न डराउथ्यौँ। उसले सोधिहाले पनि उत्तर फर्काउनु अनुशासन हीनता मानिन्थ्यो। म निकै असहज मानिरहेकी थिएँ यो मान्छे चिन्ने बितिकै। मेरो वरिपरि हेरेँ अरू कोही थिएनन् म अलिक ढुक्क भएँ। पछि म अझै ढुक्क भएँ मलाई सम्झना भयो मत मेरो घर, गाउँ समाज देखि हजारौ, हजार किलोमिटर टाढा को देशमा पो छु मेरो कुराकानी या भेटघाटको चियो गर्ने र बातलाई बतङ्गड बनाउने कोही छैन। मैंले उत्तर दिएँ ” हजुर नमस्कार सर”
उक्त मान्छे: “मैले बिहान पनि हतार हतार निस्किदै गरेको देखेँ र बोलाएँ पनि तपाइँले सुन्नु भएन”
म: “माफि चाहन्छु म हतारमा थिएँ तर जति हतार भए पनि उपलब्धि मुलक रहेन खैर छोडौँ यी कुरा यस्तै हो जीवन।”
पछि हाम्रो भेटघाट गाढा बन्दै गयो। मेरा सारा पीडाका भारी बिसाउने चौतारी भेटेको महसुस भयो।
साच्चै मलाई थाह छैन हिजो हाम्रो गाउँ समाजमा दाग लागेको उसको नाम र पहिचान ले आज मेरो नाममा दाग लगाउला !?

तपाईको प्रतिक्रिया