संसद विघटनको विरुद्ध दोस्रो चरणको आन्दोलनमा कांग्रेस

Halesi Khabar

हलेसी खबर

काठमाडौं, १९ पुस । नेपाली काँग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । काँग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा एक साथ विरोध प्रदर्शन गर्ने भएको हो ।

पार्टीका शीर्ष नेताहरुको छलफलबाट पुस २५ गते सबै प्रदेशको निर्वाचन क्षेत्रहरुमा संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । बैठकले माघ ३ गते ७५३ गाउँपालिका, माघ ८ गते ६७४३ वडामा संसद विघटनको विरोध प्रदर्शन गर्ने भएको छ ।

संसद विघटनविरुद्ध काँग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा महाधिवेशनका सन्दर्भमा अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।

त्यस्तै बैठकले यसअघि क्रियाशील सदस्यता वितरणको समय मंसिर मसान्तबाट बढाएर माघ मसान्तसम्मलाई थप गरिएको छ ।

तपाईको प्रतिक्रिया