नेता नम्बर–१, २, ३ !

Halesi Khabar

–भीम राई
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा दुई समूहमा छुट्टियो । पार्टीको बहुमत केन्द्रीय सदस्य तथा संघीय सांसदको पनि बहुमत पक्ष पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनालको समूहमा रहे भने, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा इश्वर पोखरेल, रामबहादुर थापाहरु लागे ।

पुसको महिनाको ४ गतेसम्म पार्टी विभाजन हुँदैन । फुटलाई रोक्नुपर्छ भनिरहेका कार्यकर्ता पुस ५ गते भएको संसद विघटनको घटनापछि चकित परे । पार्टीका शीर्ष नेताहरुबीच चलिरहेको विवादको रस्साकस्सी एक्कासी विभाजित अवस्थामा देखा परेपछि पार्टी एक प्रकारले फुट्यो ।

नेताहरुले आ–आफ्नो गुट रक्षाको निम्ति कार्यकर्ता थुमथुमाउन तिर लाग्नु बाहेक केही रहेन । ठूूलाहरु त एक प्रकारले मानसिक हिसाबले तयार भएर बसेकै थिए । शीर्ष नेताहरुको कसकोमा हुने भन्ने प्राय यकिन भइसकेको नै थियो ।

अग्रिम गुटको कारण यसकाबारेमा धेरै दुविधा रहेन । केहीलाई भने निकै अफ्ठ्यारो प¥यो र अहिले पनि अफ्ठ्यारो नै छ । यसको असर जिल्ला तथा गाउँ तहसम्म देखा पर्ने नै भयो । देखियो । कार्यकर्ताहरुले फुटलाई सहज लिन सक्ने अवस्था थिएन । तर कार्यकर्ताहरुको भावना भन्दापनि पार्टीको वैचारिक तथा सैद्धान्तिक प्रश्न महत्वपूर्ण रहने भएकाले उनीहरुले यसलाई नपछ्याउने भने हुँदै भएन ।

जब नेकपका फुट्यो । नामको लडाइ शुरु भयो । खोटाङमा पनि यसको असर देखिनु कुनै अनौठो रहँदै रहेन । खोटाङमा साविक नेकपाको सिङ्गो कमिटिमा ओली समूह कमजोर नै थियो । अझ भनौ जिल्लाको नेतृत्व तहमा देखिएका केही अनुहार बाहेक सबै दाहाल–नेपाल समुहमा थिए ।

स्वभाविक हिसाबले दाहाल नेपालको समूह जिल्लामा निकै मजबुद रहेको ओलि समूहका नेताहरुलाई जानकारी नहुने कुरै भएन । यसैबीच दाहाल–नेपाल समुहले पुस १४ गते प्रत्येक जिल्ला सदरमुकाममा विरोध ¥याली र सभाको आयोजना गर्ने निर्णय ग¥यो । खोटाङ जिल्लामा समेत यसको तयारी तीब्रगतिमा हुने नै भयो ।

यस अघि नै जिल्लाको चिनिएका नेताहरु को कुन कित्तामा उभिने भन्ने खुट्टी सकेको थियो । सबै खुलि सकेकाहरु पूर्व खेमाको आधारमा आ–आफ्नो नेतालाई पछ्याउने कुरामा कुनै दुईमत देखिएका थिएनन् ।

कतिले विपरित खेमाले दिएको पदलाई समेत तिलाञ्जली दिएर दाहाल–नेपाल कित्तामा खुलेर लागेका थिए । जब पुस १४ गतेको बृहत ¥यालीको समय आयो । तयारी तीब्र थियो । खुलेर लागेकाहरु यस अघि पुस १२ गते ओली समूहले गरेको मोटर साईकल ¥यालीलाई चुनौति दिनेगरी मान्छे जम्मा गर्ने रणनीतिमा लागे ।

पुस १२ गते ओली समुहले खोटाङ जिल्लाको सदरमुकाममा लगभग १५० को मोटर साईकल ¥याली प्रदर्शन गरेका कारण पनि उनीहरुलाई चुनौति हुने नै भयो । दाहाल नेपाल समूहका नेताहरुले व्यवस्थापनलाई तीब्र बनाइ रहेकाबेला पुस १३ गते बिहान नेता नम्बर १ लाई शित्तल निवासको फोन आयो ।

सित्तल निवाससँग नेता नम्बर १ को सम्बन्ध निकै पुरानो थियो । तर, पछिल्लो समयमा नेता नम्बर १ ले सित्तल निवासवासीसँग सम्बन्ध तोडेका थिए । एक्कासी फोन आएपछि उनी छक्क परे । फोन आएपछि नेता नम्बर १ लाई एउटा अनौठो प्रस्ताव आयो ।

फोनमा खबर थियो, ‘तत्काल काठमाण्डौँ आउनुस, सरकालाई सघाउनुस, यसपटक तँपाई राज्यमन्त्री पक्का भो ।’ नेता नम्बर १ दङ्ग । उनलाई लाग्यो के यो सम्भव छ र ? न अहिलेको माननीय न निर्वाचित कसरी ?

फेरि उहि ठाउँबाट जवाफ तत्काल आयो अनि अहिले प्रधानमन्त्री ज्यूले बिस्तार गरेको मन्त्रीमण्डलमा दावा लामाहरु चुनाव जितेर आएका हुन र ! यसपछि नेता नम्बर १ ढुक्क बने उनी काठमाडौँ जानेबारेमा सोच्न थाले । सायद झण्डावाल गाडीको समेत परिकल्पना गर्न पुगे ।

पुस १४ गतेको सरकारले गरेको संसद विघटनको विरोधमा निकाल्नु पर्ने ¥याली । ¥यालीको चाँजोपाँजो गर्ने प्रमुख जिम्मेवारी लिएका मध्यका एक थिए नेता नम्बर २ । उनी भोलि गरिने कार्यक्रमलाई कसरी भव्य र विशाल बनाउने भन्नेबारेमा योजनाको खाका कोर्दै थिए । कार्यक्रमको कार्यतालिका निर्माण गरिरहेका थिए ।

दिनभरी छास्स छुस्स फोन आउने क्रम जारीनै थियो । उनले विपरित समूहले दिएको केन्द्रीय सदस्यको पद पाएका थिए । घर गएर आउँदै गर्दा उनले त्यो पद बाटैमा प्राप्त गरे ।

उनी घरबाट सदरमुकाम आइपुग्दा केन्द्रीय सदस्य बनेको हल्लाले बजार पिटिसकेको भएपनि सदरमुकाम आएर उनले आफू त्यो पदमा नरहने सामाजिक सञ्जालमा लेखेर आफ्नो कित्ता दाहाल–नेपाल नै भएको जनाउ दिएका थिए । तर, पुस १३ गते एक्कासी उपल्लो निकायबाट नेता नम्बर २ लाई आश्चार्य चकित पार्ने फोन आयो । उनी एकछिन अवाक्क बनेँ । के भन्ने के नभन्ने ?

उनलाई यति लामो समय राजनीति गर्दै आउँदा सायदै यस्तो अफर कहिल्यै आएका थिएन । उनलाई फोनमा भनियो, ‘अक केही समयपछि प्रदेशसभा पनि विघटन हुँदैछ । विघटन भएपछि बन्ने मन्त्रीमण्डलमा तँपाई फुलमन्त्री बन्ने हो ।

खोटाङबाट अरु कोही छैन । प्रदेशसभामा भएकाहरु सबै अर्को खेमामा लागे । तँपाई जसरी नि भोलिको कार्यक्रम छाडेर काठमाडौँ आउनु प¥यो ।’ यो सुनेपछि नेता नम्बर २ दोधारमा परे । ‘नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छाबाउको अनुहार’ जस्तै भयो नेता नम्बर २ लाई ।

अन्तत १३ गते बेलुका आफ्ना सबै कुरा छाडेर ‘कान्छाबाउ कै अनुहार’ रोज्ने निर्णय गरे । अर्का नेता नम्बर ३ पनि सदरमुकाममा राम्रै चल्तापूर्जा युवा नता थिए । उनले १४ गतेका कार्यक्रमलाई भव्य बनाउन दिनभरी जसो ठाउँठाउँमा यातायातको व्यवस्थापन गर्ने काममा लागे ।

आफ्नो कार्यक्षेत्र भित्रका सबै कार्यकर्तालाई ओली सरकारले चालेको कदम असंवैधानिक भएकाले विरोध ¥यालीमा आउन अनिवार्य उर्दि जारी गरिरहे । तर, बेलुकी उनालाई पनि फेरि उस्तै खबर आयो । ‘खोटाङ जिल्लाबाट नेता नम्बर १ राज्यमन्त्री बन्दै छन् । उनका लागि राम्रो सचिवालय हाँक्ने युवा नेता चाहिने भो । त्यो काममा तँपाई मात्र योग्य हुनुहुन्छ । तँपाई त्यहाँ नेता नम्बर १ र २ सँग सल्लाह गरेर काठमाडौँ तुरुन्त आउनु होला ।’

नेता नम्बर ३ को इच्छा आकाङ्क्षा नभएकै त होइन । राजनीति गर्ने व्यक्ति कुनै न कुनै दिन लाभको पदमा पुगिन्छ । भन्ने थियो नै तर, यति चाँडै ! भन्ने भएपछि उनले पनि निर्णय बदले ।

यसपछि १३ गते राति नेता नम्बर १,२ र ३ को गोप्य सल्लाह भयो र राति १२ बजे नै काठमाडौँ जाने । नभन्दै उनीहरु राति नै कसैलाई जानकारी नै नदिइ काठमाडौँ हाँकिए । १४ गते बिहान कार्यक्रमको बेला तीनै जना नेताहरुको तीब्र खोजि भयो ।

उनीहरुको मोबाइल अफ भयो । रातिनै अपहरणमा परे जस्तो हल्ला भयो । तर, निकटहरुका अनुसार काठमाडौँ गएको खबर पुष्टि भयो । १४ गतेको कार्यक्रम भइरहँदा नेता नम्बर १,२ र ३ काठमाडौँमा प्रकट भए ।

उनीहरुले शुरुमा जिल्लाका नेताहरुसँग भेट गरे । भेटमा भलाकुसारी बधाई आदानप्रदान भए । यसपछि टोली उपप्रधानमन्त्री इश्वर पोखरेललाई भेटन् पुग्यो । भेटमा नेता नम्बर १ लगायतलाई बधाई दिइयो ।

नेता नम्बर १ लाई लागेको थियो त्यहाँ राज्यमन्त्रीको प्रसङ्ग उठ्ला । आफूलाई साथीहरुले चर्चा चलाइ देलान् । पोखरेलले स्वीकार गर्लान । तर, त्यो भएन । उनलाई चिसो पस्यो । के हुँदैछ ?

नेता नम्वर १ लाई अलिकती चासो र चिन्ता थपियो । उनले प्रधानमन्त्रीलाई नै भेट्ने भनेर योजना बनाए । जिल्लाका साथीहरुसँग कुरा पनि भयो । प्रधानमन्त्रीसँग भेटको समय मिल्यो । गएर भेटे । तर, त्यहाँ पनि कुरा उठेन ।

प्रधानमन्त्रीले उनलाई ढाप मार्दै भने,  “नेता नम्बर १ म तिमीलाई अब जहिल्यै सम्झने छु ।” भन्ने बाहेक अरु कुनै कुरा भएन । यसपछि नेता नम्बर १ लाई हैरान भयो । उनले शित्तलनिवासलाई भेट गर्न चाहे तर, त्यो सम्भावना भएन । शित्तल निवासको शुत्रले प्रधानमन्त्रीसँग नै भेट्नु भन्ने आयो ।

उनले यस अघि नै प्रधानमन्त्री भेटिसकेकाले के जवाफ हो भन्ने जानकार थिए । यसपछि नेता नम्बर १ को नौ नारी गल्न थाल्यो । उनले आफू निकटका आफन्तहरुसँग गुनासो पोख्न थाले, ‘मलाई नराम्ररी फसाए’

नेता नम्बर १ को दुःखदेखि रहेका नेता नम्बर २ ले यतिका रमिता देखिसकेपछि आफूलाई पनि फसाइए छ भन्ने जानकारी पाए । तर, कुरा बिग्रिसकेको थियो । अब के गर्ने भन्ने विषयमा उनले छलफल चलाउन थाले ।

प्रदेश सरकारको मन्त्री त अब हुने कुनै अवसर नभएपछि पार्टीको जिल्ला अध्यक्षमा उनको दाबी प¥यो । नेता नम्बर २ को दाबी स्वभाविक जस्तो पनि थियो । तर, कुरा अगाडि नै फुस्किसकेको रहेछ ।

जिल्ला अध्यक्ष बनाउने कुरा यसअघि दाहाल–नेपालमा अलमल गरिरहँदा अर्कैलाई प्रस्ताव गरिसकेकाले उनको प्रस्तावले अफ्ठ्यारो अवस्थाको सिर्जना ग¥यो । अहिले पनि नेता नम्बर २ को लाईन प्रदेश सरकारको मन्त्रि खानेमा होइन जिल्ला अध्यक्ष हुनेमा रहेका बताइन्छ ।

नेता नम्बर ३ यी सबै कुराको प्रत्यक्षदर्शी भएपछि असहज राजनीति परिस्थितमा पुगेका छन् । अघिल्लो दिनसम्म आफैले संसद विघटनको विरुद्धमा आउनुस भनेर सबैतिर गाडि पठाउने । सबैलाई आउने अनुरोध गरेका उनले सोचे जस्तो केही नपाएपछि अफ्ठ्यारो मान्दै बसेका छन् ।

आफ्नो राजनीतिक भविष्यमाथि ठूलो खैलाबैला भएको भन्दै ‘अहिले भौँतारिनु बाहेक केही छैन’ भन्दै हिँड्ने गरेको नजिकका आफन्तहरुले सुनाउँछन् । यसपालीको नेता कथा यति नै !

तपाईको प्रतिक्रिया