खोटाङमा थप अर्को मिडिया

Halesi Khabar

हलेसी खबर

खोटाङ, १७ पुस । खोटाङ जिल्लामा थप एक मिडिया सञ्चालनमा आएको छ । साकार मिडिया एण्ड टेक्नोलोजी प्रालीद्धारा सञ्चालित खबर संजाल डटकम अब प्रकाशनमा आउने भएको हो ।

शुक्रबार होटल शुभदिनमा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उप–प्रमुख वीणादेवि राईले यस डिजिटल पत्रिकाको उद्घाटन गरेका छन् । औपचारिक रुपमा शुरु भएको खबर संजाल डटकमले आफ्नो आधिकारिक युट्युब च्यानल समेत संचालनमा ल्याउन लागेको कार्यक्रममा मिडियाका प्रालिका अध्यक्ष मोहोन पोख्रले जानकारी दिए ।

कार्यक्रममा दिपक ठट्टाल, साकेला गाउँपालिकाका प्रबक्ता मिलन चाहार, नेर्पाका वडा सदस्य चित्र राई, सगरमाथा युवा क्लवका सचिव मणिकुमार हिङमाङ, ओमप्रकाश घिमिरे लगायतकोे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया