हलेसी महादेव मन्दिरमा १ महिना नपुग्दै करिब ६ लाख अाम्दानी

Halesi Khabar

हलेसी खबर

खाेटाङ, १३ पुस। मन्दिर खुलेकाे एक महिना नपुग्दै हलेसी महादेव मन्दिरमा करिब ६ लाख रुपैया रकम भेटि मार्फत सकंलन भएकाे छ। गत मंसिर १६ गत्ते देखि खुलेकाे हलेसी महादेव मन्दिरमा ५ लाख६४ हजार २ सय ९०रूपैया भेटी सङ्कलन भएकाे हाे ।

काेभिड – १९( अर्थात काेराेना संक्रमण) काे जाेखिम बढेसँगै गत चैत्र ६ गते देखि बन्द भएकाे हलेसी महादेव मन्दिरकाे अाँगनमा रहेकाे दान पेटिकामै मात्र १ लाख ८९ हजार ९ सय ९९ रूपैया दानभेटी सर्व साधरणले हालेकाे हलेसी सूचना केन्द्रले जनाएकाे छ।

सूचना केन्द्रले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार काेराेना कहरकै बीच हलेसी महादेव मन्दिर भित्र रहेकाे शिव पार्वती थानमा मात्र ३ लाख ३० हजार ५ सय ९५ रूपैयाँ दानभेटी जम्मा भएकाे छ। यस्तै बसाहा गुफामा राखिएकाे दानपेटिकामा २९ हजार ६ सय ३५ रुपैया, गणेश मन्दिर दानपेटिकामा १४ हजार ७० रुपैया दानभेटी संकलन भएकाे हलेसी तुवाचुङ नगरपालिका हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जनाएका छन्।

त्यसैगरी मन्दिरमा भारतीय नाेट ६ सय ५० रुपैया, अमेरिकन डलर १, चाँदी १०६. ५० ग्राम र सुन १.३०० ग्राम रहेकाे पनि सूचना केन्द्रले सार्वजनिक गरेकाे छ। हलेसी तुवाचुङ नगरपालिका प्रमुख ईवन राईले भने अाफुहरु स्थानीय सरकारमा अाएदेखि हलेसी मन्दिरमा जम्मा हुने भेटिघाटी पारदर्शी बनाउदै आएका बताएका छन् ।

तपाईको प्रतिक्रिया