साप्सुखाेलामा ट्याक्टर दुर्घटनाम चालककाे मृत्यु

Halesi Khabar

हलेसी खबर

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमानामा पर्ने साप्सु खोलामा ट्याक्टर दुर्घटना हुदा बागमती नगरपालिका–१ सर्लाहीका कैलाश भनिने धनकुमार भुजेलको घटना स्थलमै मृत्यु भएको हाे।

ढुंगा लाेड गरिएको अवस्थामा फसेको अर्को ट्याक्टर तानेर निकाल्नका लागि गएको ज ७ त २२६६ नम्बरको रित्तो ट्याक्टर आइतबार दिउँसो पल्टिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

निर्माणाधिन साप्सु खोलामा गिटि लिन जाँदा ट्याक्टर दुर्घटना भएको थियाे । ट्याक्टर करिव १ बल्ड्याङ खसेकाे जनाइएको छ

तपाईको प्रतिक्रिया